बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेन

शनिबार, ०१ मङ्सिर २०७५, ०६ : ५२
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौँ–सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ । 

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ लेन र अन्य भागमा ४ लेनको बनाउन तयारी भइरहेको छ । 

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । सो राजमार्ग विस्तारअन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।
 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप