शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ८ दिनमै १७ सय बढिको नाम दर्ता

सोमबार, ०९ साउन २०७४, १४ : ०५
सोमबार, ०९ साउन २०७४

कपिलवस्तु– कपिलवस्तुमा आठ दिनमै १ हजार ७ सय ६८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत जिल्लामा ६ सय ७२ पुरुष र १ हजार ९६ महिलाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । 
बूढाबूढी, अपाङ्गता भएका ,विदेशवाट घर फर्केका र नाम दर्ता गर्न छुट भएका मतदाताले विशेष चासोका साथ निर्वाचनको कार्यालय तौलिहवामा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिए । साउन १६ गतेदेखी जिल्लाका १० वटै स्थानीय तहमा नाम दर्ता गराउन सकिने प्रमुख घिमिरेले बताए । कार्यालयले यस अवधिमा त्रुटि सच्चाउने, ठाउंँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीवाट नाम हटाउने काम पनि गर्ने बताइएको छ ।
६ नगरपालिका र चार गाउँंपालिका रहेको कपिलवस्तुमा हाल २ लाख ४६ हजार ५ सय ४८ मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल

अर्याल रातोपाटीको कपिलबस्तु प्रतिनिधि हुन् 

लेखकबाट थप