शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सलाई नेदरल्यान्ड्सको झट्का

शनिबार, ०१ मङ्सिर २०७५, ०९ : ४७
शनिबार, ०१ मङ्सिर २०७५

एजेन्सी– विश्व कप विजेता फ्रान्सलाई नेदरल्यान्ड्सको नमिठो झट्का लागेको छ । 

युइएफए नेसन्स लिग फुटबल अन्तर्गत सुक्रबार राती घरेलु मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले फ्रान्सलाई २–० गोलले हरायो । 

भ्रमणकारी फ्रान्सविरुद्ध नेदरल्यान्ड्सले ४४औं मिनेटमा खाता खोलेको थियो । नेदरल्यान्ड्सका लागि जर्जिनियो विजनाल्डमले पहिलो गोल गरे । 

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफको इनजुरी समयमा पेनाल्टी मार्फत दोस्रो गोल थपेको थियो । 

मेम्फीस डिपेले पेनाल्टीको सदुपयोग गरेका थिए । फ्रान्सले लगातार गोल गर्ने अवसर बनाएप्नि उसको प्रयासमा नेदरल्यान्ड्सको रक्षापंक्ती बाधक देखिएको थियो । 

जितसँगै समूह ए मा रहेको नेदसल्यान्ड्सले तीन खेलबाट ६ अंक बनाएको छ । फ्रान्सले चार खेलबाट सात अंक बनाएको छ । यस समूहबाट जर्मनी रेलिगेसनमा परेको छ । जर्मनीले जम्मा १ अंक बनाएको छ । 

शुक्रबारनै भएको समूह बी को अर्को खेलमा डेनमार्कले वेल्सलाई २–१ गेलले पराजित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप