शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली भेट्रान टोलीको सुखद सुरुवात

शनिबार, ०१ मङ्सिर २०७५, १० : ३६
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं–भारतको गुवाहाटीमा जारी पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा नेपालको भेट्रान टोलीले सुखद सुरुवात गरेको छ ।

गुवाहाटी रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपालको सिएमजी क्लबले भारतको डिमापुरलाई २–१ गेलले हरायो । नेपालका लागि दुवै गोल चेत नारयाण श्रेष्ठले गरेका थिए । सुक्रबारनै भएको अर्को खेलमा नेपालले मेट्रो आसामसँग गोलरहित बराबरी खेल्यो ।

एक जित र अर्को बराबरी नतिजासँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । २० सदस्यीय नेपाली भेट्रान टोलीको कप्तानी उपेन्द्रमान सिंहले गरेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा नेपालको सिएमजी सहित, भारतको मनिपुर, कोलकाता, नयाँ दिल्ली, डिमापुर, मेट्रो आसाम, भुटान र बंगलादेश भेट्रान गरी आठ टोलीले भाग लिएका छन् ।
 सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । 
भारतको युनाइटेड ब्रदर्स क्लबले आयोजना गरेको प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेता टोलीले ३० हजार भारु पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप