डीपीएललाई रुस्लानको एक करोड १० लाख प्रयोजन
काठमाडौं –धनगढीमा आगामी माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने तेस्रो धनगढी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागि विजय डिस्टीलरीको रुस्लानले एक करोड १० लाख रुपैयाँ प्रायोजन गरेको छ ।
काठमाडौंमा सुक्रबार आयोजित कार्यक्रमबीच डिस्टीलरीका चिफ फाइनान्स अफिसर सतिश कर्ण र धनगडी क्रिकेट एकेडेमीमा अध्यक्ष सुवास शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पाँच करोड लगानीमा सञ्चालन गरिने डीपीएलमा ६ वटा शहरका फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागि टोलीमा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले छन् । प्रतियोगिताका सबै खेलहरु फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रत्येक टोलीमा धनगढीको ट्यालेन्ट हन्टबाट आएका दुई र थप दुई बिदेशी खेलाडी राखिनु पर्ने प्रावधान अनिवार्य गरिएको छ ।
डीपीएलका लागि अघिल्लो संस्करणमा रुस्लानले ७० लाख रुपैयाँ प्रायोजन गरेको थियो । रुस्लानले खेलकुदका प्रायोजन गरेको यो सर्वाधिक रकम भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै