बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ०१ मङ्सिर २०७५, ११ : २२
शनिबार, ०१ मङ्सिर २०७५

लोकेन्द्र भण्डारी

मेरो सिङ्गो देश रोयो तेरो कारणले गर्दा
मात्र बाँकी छ खोयो तेरो कारणले गर्दा

जिन्दगीभर भैँसी पाल्यो बिचरो गोठालोले
दूध भने अर्कैले दोयो तेरो कारणले गर्दा

अरूकै घर बनाइस अरूकै सजाइस बरु
यता आफ्नो घर चोयो तेरो कारणले गर्दा

जसले शिर उठाएर हेर्न पनि सक्दैनथ्यो
आमाको अस्मिता छोयो तेरो कारणले गर्दा

लुटिस देशका सबै सुन्दर अस्थिपन्जरहरू
देश भएन कङ्काल भो यो तेरो कारणले गर्दा ।


चौरजहरी नपा–४, 
पश्चिम रुकुम

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप