बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : एरेन्ज म्यारिज

शनिबार, ०१ मङ्सिर २०७५, ११ : २९
शनिबार, ०१ मङ्सिर २०७५

हरि थापा
  
  प्रियाको उमेर १५ बर्ष पुगेदेखि नै विवाहको प्रस्ताव कति आयो गिन्ति गरिसाध्य छैन् । यस्ता प्रस्तावले ऊ आजित भईसकेकी थिई । 

त्यसैले हतपत कुनै चाडपर्व वेगर ऊ घर पनि जान्नथी । आफन्ता साथीभाई सबै हरेक पटक भेट हुदा फोनमा कल हुँदा विवाहको विषयमा जोड दिन्थे । तर उसले कसैको कुरा सुनिन । मानिन । र टेरिन । उसले आफ्नो अध्ययनलाई निरन्तर दिईरहि । 

उसको ब्वाईफ्रेन्ड नभएको हैन । असाध्यै माया गर्ने । सपोर्ट गर्ने । उठ् भने उठ् बस् भने बस् ईमान्दार केटा थियो । उसले भागेरै विवहा गरु भनेर पटक पटक प्रेसर नदेको हैन । तर प्रियाको मनले मानेन ।

विवाह त भागेर गरेको भन्दा मागेर गरेको वेश हुन्छ । त्यसमा साक्षी परिवार हुन्छ । समाज हुन्छ । भोली तलमाथी भो भने गुह्रार्ने ठाउँ हुन्छ । त्यसैले उसलाई एरेन्ज म्यारिज वेस्ट लाग्थ्यो । सबैले साथ दिन्छन् । आपतकालिन समयमा शाहरा दिन्छन् । कहिल्यै जोखिम मोल्न चाहिन । 

ब्वाई फ्रेण्डलाई सम्झाई घरमा जाऊ आमाबुबा सँग कुरा गरा यदि उनिहरुले ओके गर्नु भो भने म तिमी सँग विवहा गर्न तयार छु । 

केटा माग्न भनि गयो तर धेरै प्रश्नहरु तेस्र्याए । निष्कर्षमा आमाले केहि सर्तहरु दिएर यस पटक नदिने अर्को पटक यि सर्तहरु पुरा गरे छोरी दिने कुरा भयो । 

विवहाको प्रस्तावहरु विभिन्न बाहनामा टारिरहे । फेरि एक दिन प्रियाको आफन्तबाट एउटा गज्जबको प्रस्ताब आयो । खैँ आफन्ताको पनि आफन्त हुन भन्थे । केटा राम्रो छ । खान्दानी कुल घरानको पछि नहट्नुस्१ पछि पछुताउनु पर्ला शहरको केटा हो पढेलेखेको बुझेको हुन्छ । अझ प्रोजेक्टमा काम पनि गर्छ रे१ सोच्नुस् दिदि प्रियाको सानीआमाले फोन काटिन् । 

आमा मख्ख परिन् । शहरको केटा कुल घरानको खान्दानी, यस अगाडीको प्रस्ताव भन्दा भिन्न लाग्यो । शहर भन्ने वितिकै आफ्नी छोरी खुसि हुन्छे भन्ने मानसिकताको हावी भयो । अब उनले कडा निर्णय लिईन । जसरी पनि छोरीको विवहा गर्दिने निर्णय गरिन् । बाबा सोझो थिए आमाले निर्णय लिएपछि सहमती नहुने कुरै थिएन । 

सुरुवातमा त प्रियालाई पनि आश्चर्य लाग्यो अहोँ म त राम्री रैछु क्यार१ शहर देखि गाउँ सम्म मलाई माग्न आईपुगे । ऊ मख्ख परि । जे होस अब ढुक्क भयो । अब भने विवहाको कचडा अन्त भयो । ऊ भित्रभित्र खुसि भई चन्चल मन रमाएर उड्न थाल्यो । 

आमाले छोरी अब नाई नभनेस् यो सब राम्रो को लागि भनेर सम्झाईन् । ह्या म अहिले विवहा गर्दिन आमा,उसले नक्कल पारी । ठिक्क पारी । आमा बुरुक्क उफ्रिईन । किन गर्दिनस्
त धेरै जा्न्नी नबन । तलाई मैले जन्माएको हुँ । 

अब त्यहि लठक सँग गर्छेस् होला हैन? ब्वाईफ्रेण्ड तिर संकेत गरिन् । तैले नसोच त्यो केटा सँग तेरो विहे हुन सक्दैन् । आमाले एकल निर्णय लिईन् । अन्तिम फैसल्ला गरिन् । 

आमाको कचकच बढ्दै गयो । ऊ मुस्कुराई आमा झन तात्दै गईन । आमा भो अब धेरै नकराउनुस् आमा छोरीको भनाभन पछि एकछिन सन्टास छायो । उसले सहमती जनाउदै आमासँग विहे गर्छुको संकेत दिई । यसपटक ऊ भावुक भई आमा खुसि भईन् । 

छोरीले हुन्छ भने पछि आमाले हतारमा सानीआमालाई फोन गरिन । अब केटा लिएर आउनु बैनी हामी छोरी दिन्छोैँ आवेगमा निर्णय गरिन् । 

केटापक्षबाट केहि आफन्ता सहित आए । कुराकानी भयो । कुराकानी मात्र भएन । टिकाटालो पनि भयो । अब दश दिन पछि विहे फिक्स भयो । 

दश दिन कति छिटै सकियो । धुमधामको साथ विहे भयो । 

भर्खर २३ओैँ बसन्त पार गरेकी प्रियाको जिवनमा यसरी आधी हुरि चल्यो भर्खर फक्रन लागेको एउटा सुन्दरफुल कोपीलामा नै छेतविच्छद भयो तहसनहस भयो वैरिको आँखा लाग्यो । 

पुर्वजन्ममा मेरा पुर्खाहरुले ठुलै पाप गरेको हुनुपर्छ । धर्म नै गरेको भए पनि मैले पाईरहेको चोटहरु सम्झिदा त्यो धर्म विशुद्ध स्वच्च हृदयले नगरेको हुनुपर्छ । कुनै स्वार्थमा गरेको हुनुपर्छ । आजकल उनको मन भित्र यस्तै तर्कनाहरुले चिमोटिरहन्छ झस्काई रहन्छ । 

मलाई मेरो जिवन मैले बाचेको वर्तमान जिवन एउटा कल्पना जस्तो लाग्छ निदरीको सपना जस्तो लाग्छ । अनि यो जिन्दगी विपना होईन अपसोच१ सपना भईदियोसझै लाग्छ । 

तर यथार्थ मैले बाचेको जिवन न त सपना हो न कुनै फगत कल्पना यो नै मेरो तितो यथार्थ बोकेको जिवन हो एउटा भोगाई हो । 

यदि यस्तो हुन्छ भन्ने सोचेको भए किन विहे गर्थे र१अनि कलकलाउदो फक्रिदो जोवानको कसलाई माया नहुदो हो लोभ नलाग्दो हो । 

होस यो विषयमा यहाँ भन्दा कुरा नगरोैँ टपिक नै बन्द गरोैँ । कहानी बताउदा बताउदै आँखाको डिल भरिएर तप्प एक थोपा चुहिन्छ । उनि लुकाउन प्रयास गर्छिन् अब भयो यस्तै हो जिवन उनि आधा कहानीमा नै टार्न खोज्छिन् । 

हैन जे हुनु त भईसक्यो कमसेकम त्यो डिप्रेसन पखाल्न भए पनि मन दह्रो पारेर सेयर गर्नु पर्छ । कि त विषयको उठान गर्नु हुने थिएन् । 
मलाई खुब उत्सुकता जाग्यो मन भावुक भए पनि सुन्ने दुस्साहस गरे१ त्यो पिडादायक कथाले पिडा मात्र दिदैन । मानववियता भन्ने कुराको पाठ सिकाउँछ अनि मजबुद,कठोर चट्टान बन्ने एउटा उदाहरणिय पाठ पढाउँछ । अनि त्यसपछि के भयो? 

जिवन पढेर भन्दा परेर अझ बढि बुझिदो रहेछ कसैले देखेको सरल सामान्य जिवन भित्रको असामान्य कथाहरु सादय मेरो मात्र पक्केै होईन होला । 

दुख त असाध्यै लागेको छ । आफ्नै जिन्दगी खुकुरीको धारमा राखेर परिवारको सुख भनिरहदाको पिडा यस्तै हो । जे जस्तो सल्लाह होस सुन्ने हो तर जिवनको अन्तिम निर्णय आफुले गर्नु पथ्र्यो । मैले भुल गरे । नराम्रो सँग पहिलो पटकमा नै चुके । 

जानी नजानी आफन्तको नजरमा मैले मेरो जिवन वर्वाद पारे । अब मलाई कसैले पत्याउदैन् जिवन भर यतिकै बस्नु पर्छ बरु सकेसम्म जितसुकै पिडा भएपनि सहेर बस्नुपर्छ । ईज्जतको ख्याल गर्नु पर्छ । आमाबुबाको सुझाव यस्तै हो । 

फेरि विवाह जस्तो कुरा कसैको लहलहैमा लागेर केटाकेटीले भाडाँकुटी खेले जस्तो हैन नी यार१गल्ति त तिम्रो पनि छ । पहिले नै मेरो ब्वाईफ्रेण्ड छ भन्नु पथ्र्यो नी सम्झाए१

ब्वाई फ्रेन्ड थिएन र? हुन त थिएन भन्दैमा पत्याईहाल्ने जमाना त छैन तैपनी१

झुट किन बोल्नु ब्वाईफ्रेण्ड थियो । उसले असाध्यै माया गथ्र्यो । तर परिवारले त्यस्तो घरमा हुदैन भनेर वार्गिनिङ गरे मेरो मोल त्यति सस्तो थिएन । पहिला घर घडेरी जोडेर माग्न आउनु भनेर परिवारका सदस्यले चुनोैति दिएर पठाए । 

उसले पनि त्यो चुनोैति स्विकार गर्यो । ऊ निस्कदा मुस्कुराएर निस्कियो । त्यसपछि दिन रात भनेन् मेहनत गर्यो केहि बर्ष पछि उसले काभ्रे बजार छेवैमा दशआना घडेरी किन्यो । 

सायद लकले फेभर गरेको हुनुपर्छ घडेरी किनेपछि घडेरी धितो राखेर कृषि विकास बैङ्क बाट ऋण निकालेर काभ्रेको मुटु मेन बजारमा एउटा डिपार्टमेन्ट पसल सुरु गर्यो । पसल उत्घाटनको दिन मलाई पनि बोलायो म गएँ । 

मेरो आमाले धम्किपुर्ण तरिकाले दिएको तितो बचन उसलाई अमृत झै लागेछ । उत्साह जोश जागँर केहि बर्षमा नै ऊ एउटा असल ब्यबसायी बनेर देखायो । 

उसले बैङ्कको ऋण विस्तारै तिर्दै थियो । पसलमा टन्न कामदारहरु राखेको थियो । हाम्रो भेट घाट त्यहि बाक्लो हुन्थेन । दुई चार महिनाको अन्तरालमा भेटघाट हुन्थ्यो दुख सुख योजनाको विषयमा कुरा गर्थियोैँ । अनि विवाहको कुरा पनि जोड गथ्र्यो अब ढिला भईसक्यो । ऊ हतारिन्थ्यो । 

उसले मलाई हरेक पटक फोनमा विवाहको कुरा गर्न थाल्यो । अब तिम्रो आमाले भनेको सर्त पुरा गरे भागोैँ । केटाले भाग्ने हो भनि प्रस्ताव गर्यो । मैले सुरुवातमा नै भनेको थिए घरमा जाऊ बुबाआमाले दिए भने म तयार छु । भागेर त म मरेपनि गर्दिन विहे जे सुकै भन तिमी । जिद्धि केटी । ऊ मलाई सम्झाउनुको साटो आफैँ थाक्थ्यो । म चाहन्थे अलि कन्भिन्स गरोस धेरै सम्झाओस् उसले सम्झाउने कोसीस पनि गर्देैनथ्यो । असल थियो । 

त्यो भन्दा अगाडी तिमी आऊ एक दिन उसले रिक्वईष्ट गर्यो । म गए मेरो नाममा उसले जग्गा जिमिन पास गर्ने कुरा गर्यो । 

तिमी ठिक छोैँ?
उमम ठिक छु किन र?
अब अहिले किन मेरो नाममा पास गर्नु पहिले मेरो घरमा जाऊ कुरा गर अनि विवहा पछि गरोैँला । 
तिमी मेरो घरमा गएर कुरा अगाडी बढाउ । 

फेरि दिएनन् भने उसले संकोच मान्थ्यो । 
अब त पक्का दिन्छन होला । प्रिया अन्दाज लगाउथी । 

तिमीलाई माग्न जानु अगाडी म तिम्रो नाममा यो दशआना जमिन पास गर्न चाहन्छु नाई नभन१अनि मलाई पनि भन्न सजिलो हुन्छ । मैले नाई भने तर उसले टेरेन । 

उसको लिडिढिपी पश्चात मेरो नाममा जग्गा पास भयो । अब अप्ठ्यारोमा म परेको थिए उता आमाले बाजि हारिसकेको थिईन । यदि तपाईलाई मेरि छोरी विवाह गर्नु छ भने छोरीको नाममा पाँच आना घडेरी किन्दिनु पर्छ । यति बेला उसले पाँच हैन दश आना त्यो पनि बजार मेन रोडमा अब उसलाई प्रियाको परिवारले त्यति प्रश्न गर्दैनन् भन्ने कुरामा ढुक्क थियो । 

केटा पक्षबाट केटिको घरमा दोश्रो पटक आए यस पटक आमा नम्र हुदै बोलिन् छोरीको अन्तै कुरा चलिसकेको छ ढिला भयो माफ गर्नुहोला भनि फर्काईन् । 

प्रियाले त्यो केटाले जग्गाआफ्नाो नाममा पास गर्दिसकेको कुरा सुनाईन् । तर आमाले वास्ता गरिनन् । अन्तत उनको विवहा त्यो केटा सँग नहुने निश्चित भयो । 

उनले केटालाई माफि मागिन् आफ्नो कहि कतै दोष नभएको परिवारको आदेश आफुले मान्न पर्ने त्यसैले म ब्यक्तिगत निर्णय लिन सक्तिन अनुनय विनय गर्दै समस्या बताईन् । 

उनलाई केटा मन परे पनि परिवारको जोडमा उनले अब अर्कै ठाउँमा विवहा गर्ने कुरा छिनिसकेको थियो । 
उनले केटाको जग्गा सबै ईमान्दारीका साथ नामसारी गर्दिईन् र आफ्नो तर्फबाट परिवारको तर्फबाट भएको कमिकमजोरीको विषयमा क्षमायाचन गरिन् । 

अब उनको विवहा काभ्रेको एउटा विकट ठाउँमा नभई काठमाण्डोैँमा हुदैँ थियो । उनले सानै देखि गाउँ छाडिन र आफन्तको घरमा बसेर अध्ययन गरिन । दुई तिन कक्षा देखि काठमाण्डोैँको रहनसहनमा हुर्किएकि उनलाई गाउँ राम्रो लागे पनि शहर बस्ने मोहले छाडेको थिएन । 

गाउँमा स्कुल कलेज अस्पताल बाटो सबै अभावै अभावको जिन्दगी भन्दा जति नै धुलोधुवाँ भए पनि उनि राजधानीको हावापानीमा बानी परिसकेकी थिईन् । 

जे गर्नु छ शहरमा नै बसेर गर्ने अठोट थियो । अब भने उनि काठमाण्डोैँको बासिन्दा नै बन्दै थिईन्
काठमाण्डोैँ सँग साइनो गास्दैँ थिईन् । 

आफन्ताको चिनजानीको आधारमा एउटा गाउँको केटी शहरमा विवहा गर्दै थिईन् उनि खुसि असाध्यै खुसि भईन । अब याक्स ब्वाईफ्रेन्डलाई चटक्कै विर्सिसकेकी थिईन । उनलाई जिवनमा केहि नयाँ गर्नु थियो । 
प्रगतिको भोक जागेको थियो जिवनमा केहि गर्ने लक्ष्य कायम थियो । जिवन आफ्नै रफ्तारमा चलेको थियो । 

सुरुमा उनले केहि प्रस्ताव राखिन् म पढ्न चाहन्छु र अफिसलाई पनि निरन्तर दिन चाहन्छु उनि स्लिमिङ एण्ड हेल्थकेयरको सिनियर थेरापिष्ट थिईन । 

अन्तत विवहा गाउँको घरबाट भयो । जन्तिहरु लस्कर लागेर विवाहमा सामेल भए । प्रियाको घर काभ्रेको विकट ठाउँमा थियो । जन्तिहरुमा केहि उत्सुकता देखिन्थ्यो । गाउँघरको वातावरण आफैमा मनोमोहक हुन्छ झन कात्तिक मंसिर महिनामा फुलेको सयपत्री र गोदावरीले सिङ्गो गाउँलाई बेहुली झै सिङ्गारेको थियो । 

त्यो दृष्य सँग जो कोहि पनि नरमाउने कुरै छैन् तर केटापक्षका केहि प्रबुद्ध गनिने मानिने हरुले विहेकै समयमा सबै कुरा राम्रो हो । तर बाटोघाटोको समस्या भिर बाट खसेर ज्यान जाला भन्ने डर केटि पनि राम्रो हो तर । । । अलअलि खासखुस चलिरह्यो । 

प्रियाले जगिया हुदाँ पनि उनिहरुका कुरा ध्यान दिएर सुनिरहिन् बेलाबेला उनको मन चसक्क नभएको हैन् छ्या कस्तो विकट ठाउँ । 
कति हिड्न पर्ने रहेछ । कसरी घर पुग्ने अपठ्यारो बाटो यस्तै कुरामा उनिहरुले दिन कटाएँ । 

विवहा भब्य रुपमा सम्पन्न भयो । हैसियतले भ्याए भन्दा पनि अझ माथी प्रियाका परिवारले दान गरे । प्रियाको विहेभन्दा अगाडी त्यतिको धुमधाम विवहा गरेको कुनै रेकर्ड थिएन् यो पहिलो रेकर्ड थियो । 

उनको बैनीको पहिले नै १७ बर्षको उमेरमा विवहा भईसकेको थियो । तर प्रियाले शहरमा पढ्ने अवसर पाईन उनले बैनीहरुले भन्दा धैरै कुराहरु सिकिन,बुझिन र शहरको सुखिुविधाहरु सँग परिचित भईन साथै सङघर्ष पनि गर्न थालिन । अन्य साथी भाई बैनीहरुको हिसाबमा उनले केहि ढिला विवाह गरिन् । 

शहरमा ठुली आमाको घर थियो । ठुलिआमाको छोराछोरी सबै पढ्नको लागि दिदि अष्ट्रेलिया गएको थिईन दाई लण्डनमा थिए । उनले दाई दिदिलाई मेसेन्जरबाट नै निम्ता दिएको थिईन तर दाई दिदि उपस्थित हुन सकेनन् । 

विवाह अन्माएर दुई घण्टा ओरालो झरेपछि बल्ल सडक भेटिन्थ्यो । उनि अघि लागिन् घरमा रुवाबासी चल्यो । उनलाई आफ्नो बिहे बिहेजस्तो लागेन् उनले बेहुला र जन्ति सबैलाई बाटो देखाईन् दुई तिन वटा बसहरु रिजर्भ गरेर विवाह आएको रहेछ । 

कारमा आभाष ंप्रिया लेखेको थियो । कार यसरी रङ्गाएको थियो जो दृष्यले मख्ख परिन् । गाडी बिस्तारै अगाडी बढ्यो । विचमा बेहुला बेहुली र केहि नजिकका आफन्त चढेको कार 
साझमा काठमाण्डोैँ पुगियो । 

विवहाको तामझाम गाउँको भन्दा शहरमा भव्य थियो । विवाह समापन भयो सबै पाहुनापात आ( आफ्नो गन्तब्यतिर लागे । 

केहि दिन अफिसमा विदा लिएको थिए । त्यस विचमा हामी गाउँमा एक पटक आयोैँ खासै बोलचाल भएन् । सोचे नयाँ ठाउँ नयाँ परिवेश विस्तारै घुलमिल भईएला नी१

अब म अफिस जाने दिन आईसकेको थियो । भोली देखि मेरो अफिस छ आभाष । 

अब के को अफिस?

जानुपर्दैन अफिस सफिसू

अनि पहिले त तिमिले कलेज अफिस छाड्नु पर्दैन भन्या हैन त?

हेर, प्रिया भनेको खुरुक्क मान 

पहिलो बोलीमा नै ढुङ्गा लाग्यो मन खल्लो भयो । 

किन जानु कलेज अब पढ्न पर्दैनू

ओ माई गड तिमी के भन्दै छोैँ आभाष तिमी दुई तिन दिनमा नै यस्तो चेन्ज । 

पहिल्यै भन्नु पथ्र्यो । अहिले आएर तिमी मलाई यस्तो ब्यबहार देखाउँछोैँ । 

कि मलाई छाड कि कलेज१ आभाष त्यसै रिसायो । 

कलेज गए पछि अरुले नराम्रो दृष्टिले हेर्छनू

आभाष तिमी मलाई बुझ म त्यस्तो केटि हैन म सचेत छु यस्तो कुरामा सब कुरा म मान्छु तिम्रो लागि अफिस त्यागि दिन्छु । 

तिमी आफैले विवहापुर्व पढाई र जागिर छाड्नु पर्दैन भन्योैँ । अब प्लिज मलाई पढ्न बाहेकअरु केहि चाहिदैन् । 

उसले मेरो कुरा सुनेन् हप्ता दिन बितेको छैन सम्बन्धमा यस्तो खटपट मन बेचैन भयो । उसले याक्स ब्वाईफ्रेन्ड लाई आज सम्झि त्यति मरेहत्य गथ्र्यो । मैले उसलाई त्यागे पाप लाग्यो ग्लानी फिल भयो मनमनै सोची आफैलाई सम्झेर थुकि । 

शहरका बस्ने धेरै बुझेका भन्या यस्ता घामट हुदारहेछन् । अफिस बाट फोन आउन थाल्थ्यो । न अफिस जाने मेसो थियो न कलेज नवदम्पतीको कचकच नयाँ सोच नयाँ योजना जोस जाँगर को सट्टा र झगडा र कचकचमा दिन वित्न थाल्थ्यो । 

आभाष म अफिस जान्छु आज हिसाब किताब बाँकी छ लिएर आउँछु हैँ । उसले नाई जानु पर्दैन भन्दै थर्कायो । धेरै शंका ब्यक्त गर्यो त्यसो भए तिमी हिड म सँगै ऊ टेरेन । तिमी कस्तो मुर्ख केटा होैँ तिमी यस्तो गर्ने भा के खान अस्ति सबै ओके भन्या लाजसरम लाग्दैन अस्ति कुन मुखले बोल्योैँ ?मलाई झनक्क रिस उठ्यो । यता पनि हुन्न उता पनि तिमीहरु शहरियाको मानसिकता देखेर म आजित भए छि भन्दै ऊ बाहिर निस्कि१

ऊ मज्जाले रन्किई आभाष चुप भयो । आमा सँग कुरा गर भन्दै तर्कियो । यस्तो पढेलेखेको छोराको त यो ताल छ आमाको के भरोषा विश्वास थिएन तैपनी सासुआमा सँग सबै कुरा राखिन कुरा पुरा हुन नपाई सासु बुरुक्क उफ्रिदै बङकिन थालिन् । 

आज आएर रहरको विबाह ब्यर्थ लाग्यो । केहि दिन अगाडीको अफिसको याद गरि कलेजको साथीभाई सम्झिई । ससुरा बा भएको भा केहि राहत पुग्थ्यो कि यस्ता घामट सँग कसरी जिवन विताउने सोच्न थाली१

प्रियाको श्रीमानको बुबा अर्थात ससुरा सवारी दुर्घटनामा परि वितेको दुई बर्ष भएको रहेछ । 

हरेक दिन एक जना अधबैसे पुरुष घरमा आउने गथ्र्यो । प्रियाले एक दिन को हो भनेर सोधीन आफन्त अंकल पर्छ । आभाषले सरसर्ति बतायो उसले सजिलै पत्याई वास्ता गरिन् । 

एक दिन ऊ अफिस बाट छिट्टै घर आई

उसले सासु र अंकल भन्ने मानिस आपतिजनक अबस्थामा देखि१ ऊ डराई थुरुरु कापीरहि । अंकल र सासुआमा ओ माई गड । उफफफ् के देख्नु पर्या यस्तो । 

पछि आभाष बाहिर बाट घरआए पछि उसले सोधी अंकल भन्या हैन?वेड सेयर गरेर बसिराछन त के हो पारा?ऊ रिसाई?अरुलाई संकुचित सोचले हेर्ने तिनिहरुको निच सोच देखेर घृणा लाग्यो । 

आफैले आफुलाई धिकारी । उसलाई त्यो घरको ब्यबहार देखेर उदेक लाग्यो । शहरका मान्छेको सोच कलेज अफिस जान्छु भन्दा अरुले हेर्छन जिस्क्याँउछन् भन्ने तर आफ्नो घरमै अंकल भन्दै गलत धन्दा चलाउने?देखेको सबै कुरा जस्ताको तस्तै बताए । आमा सँग सबै भनेछ उसले । 

बुहारीले सबै कुरा थाहाँ पाई अब बाहिर भन्दिन्छे ईज्जत माटामा मिलाउँछे भनेर मलाई बाहिर निस्किन बन्द गरियो । नजरबन्द गरियो । उसलाई अफिस कलेज त के किचेन ट्वाईलेट र सुत्ने कोठा बाहेक अन्त कतै जान दिईएन । 
उसले माईतमा फोन गरि विवाह गरेको हप्ता दश दिनमा गुह्रार गर्दै एउटी छोरी रुदेै चिच्याउदै बचाउन अनुरोध गर्दै थिई । 

माईती पक्ष कमजोर भएको कारण कुरा गर्न आउन सकेनन् जन्म दिने आमाले त पक्कै मेरो समस्या सुन्छिन होला भन्ने थियो तर आमाले उल्टै कराईन् अलि अलि सहनु पनि पर्छ चुप लागेर बस् । 

उसलाई माईतीबाट आमाबुबा आउँछन अनि दह्रो कुरा गर्छन । त्यसपछि आभाष र सासु लाईनमा आउँछन सम्बन्ध सुधार हुन्छ भन्ने कत्रो आश थियो तर आशक्षण भर टिकेन । सबै निरासमा बदलियो । 

बुबाले फुर्सद छैन भन्नु भयो । आमाले चुप लागेर बस् उल्टै धम्कि१ कठै् म कसरी बस्न सकु यस्तो घुरमा । मलाई केहि चाहिदैन प्लिज म तपाईहरुको ईज्जतमा दाग लगाउनि छुईन भनि पटक पटक कसम खाई तर न माईतीले सुने उनको कुरा न घरका मान्छेले । उसले आभाष सँग विन्ति विसाई आभाषले आमाकै सपोर्टमा कुरा गथ्र्यो । 

उसले सोचेकी थिई संसार जित्दै छु । केहि गरेर देखाउने छु । मन चङ्गा झै उडेको थियो । तर चङ्गा विचैमा धागो चुडिएर अलपत्र परे जस्तो उसले आफ्नो जिवन असाध्यै कष्टकर नर्क जस्तो महशुस गरि । 

आशाहरु सबै ओईलाए । ऊ रात दिन कहिल्यै निदाउन सकिन । मात्र उसलाई त्यो घरबाट उम्किनु थियो । कोसिस गरि सबै बन्द कहाँ बाट भाग्ने । 

संसारमा यस्ता बा,आमा कसैको नहुन जो आफ्नो सन्तान कसैको नजरबन्दमा छटपटाई रहदा समेत मोैन बस्न सकुन । यति अप्ठ्यारो अवस्था न मोबाईलमा चार्ज थियो न ब्यालेन्स थियो धन्न ठुलिआमालाई लुकेर एउटा लाष्ट मेसेज गरेको थिई

ठुलिआमा मलाई यो घरबाट जसरी पनि निकाल्नु मलाई मार्छन यहाँ थुनेर रानेका छन

आमा बुबाको फुर्सद छैन रे१ तपाई हो मेरो कुरा सुन्ने मोबाईलमा ब्यालेन्स पनि सकियो म कोठा भित्र थुन्निएको छु ब्यालेन्स पनि हालिदिनु अनि चाडै मलाई उद्धार गर्न आउनु ठुलीआमाू

सायद लकले साथ दिएको होला ब्यालेन्स एकदमै थोरै थियो केहि पैसामा पनि मेसेज सेन्ट भएछ दुई सय को रिचार्जकार्डको नम्बर कोतरेर ठुलिआमाले पठाउँनु भएछ । तर मुख्य जवाफ आएन मैले रिचार्ज गरेर सुटुक्क कल गरे । 

तिम्रो आमाले पर्दैन ठिक हुन्छ केहि दिनमा मिल्छन भनिन् म के गर्नु सक्छु र छोरी१ पछि मलाई नै अप्ठ्यारोमा पार्छन तिम्रो आमा कडा छिन म सल्लाह गर्छु छोरी

ठुलिआमाले मेसेज हेरेर तत्काल ब्यालेन्स पठाउनु भयो मलाई आशा थियो मैले कल गर्ने वितिकै कुदेर बा,आमा मलाई उद्धार गर्न आईपुग्नु हुन्छ । यो आश आसमा नै सिमित रह्यो । बा वेफुर्सदि आमाको उल्टो कचकच केहि कुरा सहनु पर्छ भन्दै महान वानी सिकाउन लागेपछि मलाई यो संसारमा अब मेरा कोहि रहेनछन् भन्ने भान भो । ठुलिआमाले गर्न नचाहेको हैन तर आमाले पछि अप्ठ्यारोमा पार्छिन भनेर ठुलिआमा एक कदम पछि हटिन् । 

मलाई आमा पनि सानीआमा जस्तो लाग्यो । यतिको दुखद परिस्थितिमा त सानीआमा पनि भावनाको नाताले भएपनि कुदेर भेट्न पुग्थिन् होला त्यसदिन देखि मलाई मेरो माईति बा,आमा छन जस्तो लाग्न छाड्यो । 

अंकल ठुला बा गन्यमन्य जान्नेसुन्ने ऊ बेलाको पञ्चप्रधानका नाति भनेर छात्ति चोैडा पारेर हिड्थे । मलाई अब उनिहरुको मुटु कुखुराको भन्दा पनि कमजोर रहेछ भन्ने लाग्यो । 

अब मेरो सबै कोसिस असफल भएपछि म मुर्छा परे मथिङ्गलमा अनेक वितृष्णा जागिरह्यो । घरको हालत देख्दा अनि माईतिको तागत मन त्यसै कुडियो । 

कमसेकम आफ्नो श्रीमानले आमालाई सम्झाएको भएपनि यति सम्म यो घटना सतहमा आउने थिएन् उनिहरुले विवहा नै गरेको भएपनि मलाई कुनै टाउको दुखाई थिएन । 

पढेलेखेको श्रीमान आमालाई सम्झाउला भन्दा उल्टो नदेखेझै गर्नु पथ्र्यो भनेपछि मलाई त्यो घर आफ्नो घर जस्तो लागेन । त्यो घर कुनै मसानघाट हो जहाँ मलाई पिडा दिईरहेका छन् । 

यदि मानव बस्ने सच्चा घर भएको भा यस्तो अपठ्यारोमा किन पार्थे र? कमसेकम समस्याको पहिचान गर्ने सानो प्रयास मात्र गरेको भए जरुर समाधान गर्न सकिन्थ्यो । तर त्यसो भएन उल्टो दवाउने बन्धक बनाउने प्रयास भो जसको कारण स्वतन्त्रताको साथ बाच्नको लागि म विवहाको केहि दिनमा भाग्न बाध्य भए । क्रमश । । । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप