शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योगीको हकहितमा काम गर्छुः भवानी राणा

शनिबार, ०१ मङ्सिर २०७५, ११ : ३३
शनिबार, ०१ मङ्सिर २०७५

भोजपुर– उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताएका छन् । 

भोजपुर उद्योग वाणिज्य सङ्घको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन उनले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र सम्पूर्ण उद्योग व्यवसायीको हकहितका लागि आफूले पनि काम गरिरहेको बताए । 

कृषिलाई अगाडि बढाउन सके समाजको विकास भएकाले कृषकलाई सहुलियत दरमा ऋण दिलाउन महासङ्घ लागिपरेको उहाँले जोड दिए । 

प्रतिनिधिसभा सदस्य सुदन किराँतीले सबैको साथ र सहयोगबाट जिल्लाको विकास सम्भव भएकाले सबैको सहकार्य हुनुपर्ने बताए । 

कार्यक्रममा जिल्लामा रहेका उत्कृष्ट उद्योगी, व्यवसायीका साथै वाणिज्य सङ्घको भवन निर्माणका लागि रु ५० हजारभन्दा माथि सहयोग गर्ने विभिन्न व्यक्ति तथा महासङ्घका प्रतिनिधिलाईसम्मान गरिएको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप