बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो सहर

शनिबार, ०१ मङ्सिर २०७५, ११ : ३४
शनिबार, ०१ मङ्सिर २०७५

कृष्णमणि पराजुली

ऊ त्यो तिम्रो सहर हो
यो मेरो सहर हो
आखिर तिम्रो पनि त सहरै हो
मेरो पनि त सहरै हो
त्यसैले
के फरक भयो तिम्रो सहर 
र, मेरो सहरमा ।

मेरो सहरले सधैं मुस्कान छरिरहेको हुन्छ
तर तिम्रो सहरलेत केही दिन जानेकै छैन
केवल लिन मात्र जानेको
त्यसैले
फरक यति मात्र हो ।

तिम्रो सहरका मान्छको त
यति ठूलो खान्की छकि
जति खाए पनि भरिँदै नभरिने
तर मेरो सहरका मान्छे त
कति चुस्त र फुर्तिला छन् 
किनकि उनीहरूको पेट त
आफ्नै पसिनाले पनि
भरिएको हुन्छ ।
त्यसैले यही फरक छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप