शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गीत : तिमी पछि

शनिबार, ०१ मङ्सिर २०७५, ११ : ३७
शनिबार, ०१ मङ्सिर २०७५

– लक्ष्मण सिटौला 

तिमी पछि मेरो साथी आकाशकी जून
तिमीले नै  सिकाएकी कोल्टे फर्की रुन

बिहानीको  शीत झर्दा आफै झरेजस्तो
हिउँ चुलीमा  हिउँ पर्दा आफै परेजस्तो
एकान्तमा  कसले  गायो बिरहीको धुन
तिमीले नै  सिकाएकी कोलल्टे फर्की रुन

छायाँ भई गैजानेलाई यता केको माया
कोही  पनि  देख्दिन म मेरो दायाँ बायाँ 
पर भा कि इन्द्रेणीलाई  के सकुँला छुन
तिमीले नै  सिकाएकी काल्टे  फर्की रुन

नुवाकोट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप