कविता : निर्दयी आत्माहरू
–प्रिती अर्याल
अपूर्णताले भरिएको
यो जीवनमा
तिम्रो पाठेघरले
निपूर्णता कहिल्यै
पाउने छैन
मेरो प्राण भन्दै
मनभित्र मातृत्वको
सुगन्ध मुस्कुराउँदै
पाठेघरको आँगनभरी
लुकामारी खेल्थ्यौँ
खेल्थ्यौँ कैयौँ खेलहरू
म अनुभूत गर्थें
घामसँगै, जुनसँगै
तिमी मुस्कुराएको
तिमी उदाएको...
तर आज सट्टामा
तिम्रो चेतनाले
मलाइ पटक पटक
पछारिह्यो लछारिह्यो
झम्टी झम्टी आएर
आगोका लप्का
सल्काएर पाठेघरमा
यातनाका भुमरीमा
मिल्काइरहेछौँ घरिघरी
कर्तव्यले थिचेपछि
बिर्सेर अभिभारा पाठेघरको
कठालो समातेर उभिन्छौँ
हिलोमा मिल्काउन
लाज पचाउँदै
मिल्काउँछौँ आगनका डिलमा
धुलाम्य सडक पेटीमा
ओसिलो चौतारोमा
त कहिले पशुपतिको घाटमा
त कहिले बेसहारा आश्रमहरूमा
चट्टानमा बेस्मारी पछार्छौं
अनि
मिल्काउँछौँ चारकोशे झाडीमा
त्यसैले
आन्दोलनमा आउ
आफ्नै स्वविवेकले
आगो लगाऊ
पाठेघरका भित्ताहरूमा
डडेलो लगाऊ
ती आँगनभरी
र उजाड बनाऊ
पुनः अङ्कुराउने छैनन् ती
निर्दयी आत्माहरू ...।
हाल : बुटवल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता
-
फष्टलुक्समा यस्तो देखियो ‘घरज्वाइँ’
-
आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ