बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ०१ मङ्सिर २०७५, ११ : ४२
शनिबार, ०१ मङ्सिर २०७५

सूर्यप्रसाद खनाल  

मन्द मन्द साँझ पर्दा एकान्तमा, बास थियो । 
जवान भमरा म यौवन चमेलीको, साथ थियो । 

पग्लँदै थियो मनको हिउँ यौवनको रापले 
चल्दा उनको सुगन्ध अरू धेरै, आस थियो ।

छिप्पियो साँझ बन्द भए झ्यालहरू अबभित्र ?
ज्यानै घायल बनाउने उनको विषााक्त, सास थियो । 

विषाक्त प्रेम स्पर्षले छुँदा मलाई,
होसै गुमाएँछु आहा क्या शक्तिशाली, मात थियो । 

त्यो एकान्त सुनसान अनि अँध्यारो रातमा
काकाकुल सामु पानी तिमी थियौ र त खास थियो । 


वाग्ला गुल्मी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप