बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार

शनिबार, ०१ मङ्सिर २०७५, ११ : ५३
शनिबार, ०१ मङ्सिर २०७५

बुटवल–दाङ्गमा दुई पक्षबीचको विवाद मिलाउन गएका प्रहरी  जवानमाथि नै खुकुरी प्रहार भएको छ । 

जिल्लाको  शान्तिनगर गाउँपालिका वडा नम्वर २ अमुवा टोलमा दुई समूहबीच भएको विवादलाई मिलाउन पुगेका खितलपुर इलाका प्रहरी कार्यालयका प्रहरी जवान चन्द्र प्रकाश ओली माथि खुकुरी प्रहार भएको हो । 

  गम्भीर घाईते ओलीको टाउकोमा १० वटा टाँका लगाईएको त्यस ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताएका छन । उनका अनुसार  थप दुई जना बिशाल रोका र नैनबहादुर नेपालीलाई पनि चोट लागेको छ ।

  सोही ठाउँ निवासी विशाल रोका र चन्द्रप्रकाश नेपालीको समूहबीबच विवाद भएको र  त्यसको सूचना आए पछि प्रहरी जवान ओलीलाई त्यहाँ खटाइएको थियो ।  

उनलाई आक्रमण गर्ने सोही  गाउँपालिका –२ अमुवाका २५ बर्षिय चन्द्रबहादुर रोका , २० बर्षिय नैनसिंह नेपाली , २२ बर्षिय शुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरुको साथबाट खुकुरी , बञ्चरो र खुर्पा लगायतका घरेलु हतियार बरामद गरिएको प्रहरी प्रहरीले जनाएको छ । 

 उनीहरु विरुद्ध ज्यान माने उद्योग सम्वन्धि  मुद्धा अदालतमा  दायर गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप