मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तीन राप्रपाबीचको एकतामा जोड

शनिबार, ०१ मङ्सिर २०७५, १२ : १५
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं । राप्रपा (प्रजातान्त्रिक) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक) ले अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा आम विद्यार्थी समुदायलाई शुभकामना व्यक्त गरेको छ ।

‘विद्यार्थी एकता, वर्गीय हकहितका लागि अन्तर्राष्ट्रिय विद्यार्थी दिवसले सकारात्मक उर्जा प्रदान गरोस् सम्पूर्ण विद्यार्थीहरुमा शुभकामना छ,’ संगठनका अध्यक्ष धनशुर शाहीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

सरकारले विद्यार्थी ऋणको व्यवस्था मिलाउनु पर्ने, दैनिक चार घण्टा काम गर्ने विद्यार्थीको कामको अधिकार सुनिश्चित गर्नुपर्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक) ले माग गरेको छ ।

संगठनले राप्रपा (प्रजातान्त्रिक), राप्रपा र एकीकृत राप्रपा (राष्ट्रवादी) बीचको एकता प्रयास सार्थक बनोस् भन्ने शुभकामना दिएको छ ।

विद्यार्थी संगठनले तीन राप्रपाको एकता प्रयासमा युवा विद्यार्थीको सम्मानपूर्वक सहभागिताको अपरिहार्यताप्रति ध्यानाकर्षण गरेको छ । विज्ञप्ति भनिएको छ, ‘राष्ट्रवादी शक्तिको सबलीकरण मध्यनजर गर्दै एकीकरण प्रक्रियामा युवा विद्यार्थीको सरोकार एवं सहभागिता सुनिश्चित गर्नु पर्दछं ।’

‘दीर्घ भावनात्मक एकताका लागि, सबैको अस्तित्व सम्मान गर्दै नीति, सिद्धान्त, सांगठनिक संरचना, चुनाव चिन्ह, झण्डा लगायतका विषयहरु विधी र सुत्रमा समेटिनु पर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप