शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ नम्बर प्रदेशका मुख्य तीन शहरमा हर्न निषेध अभियान

शनिबार, ०१ मङ्सिर २०७५, १२ : २७
शनिबार, ०१ मङ्सिर २०७५

बुटवल– प्रहरीले ५ नम्बर प्रदेशका मुख्य तीन शहरलाई हर्न निषेध बनाउने भएको छ ।

५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा आजदेखि हर्न निषेध गरिएको छ । बुटबलपछि नेपालगञ्ज र दाङको तुल्सीपुरमा हर्न निषेध गर्ने तयारी प्रहरीको छ ।  

ट्राफिक प्रहरीले आजदेखि स्थानीय  तहसगँ मिलेर ध्वनि प्रदूषणमुक्त बनाउने अभियान शुरु गरेको प्रदेश ५ का प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले बताए । 

अस्थायी राजधानीसँगै सवारीको चापले व्यापक ध्वनि प्रदूषण भएको बुटवलमा आज  बिषेश र्याली सहित  अभियानको शुरु गरिएको थियो । 

आजै पाँच नम्बर प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर खत्रीले बुटवलका चार स्थानमा हर्न निषेध बोर्डको उद्घाटन गरेका छन् ।

 बुटवल वेसक्याम्प, राजमार्ग चौराहा, पक्की पुल र गोलपार्क गरि चार स्थानमा बोर्ड उद्घाटन गर्दै उनले ध्वानी प्रदुषण न्युनिकरणका लागि यो अभियान थालेको बताए ।

पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले स्थानीय सरकारसँग समन्वय गरि अभियानलाई तीव्रता दिने बताए । 

पछिल्लो समय सवारी साधन चापसँगै ध्वनी प्रदुषण बढेको स्थानीयबाट गुनासो आएपछि ट्राफिक प्रहरीले यो अभियान सकारात्म भएको बुटवल उपहानगरपालिका मेयर शिवराज सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप