शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेसीज नेपालको ४५ औँ राष्ट्रिय महाधिवेशनमा जनकपुरमा तय

शनिबार, ०१ मङ्सिर २०७५, १२ : ४१
शनिबार, ०१ मङ्सिर २०७५

जनकपुर–जेसीज नेपालको ४५औँ राष्ट्रिय महाधिवेशन जनकपुरमा हुने भएको छ ।

जेसीज नेपालका महाधिवेशन निर्देशक सन्तोष कुमार साहले शनिबार जनकपुरमा पत्रकार सम्मेलन आयोजना पौष ७ गते देखि ३ दिनसम्म महाधिवेशन चल्ने जानकारी दिए । 

जनकपुरको तिरहुतीया गाछीमा हुन लागेको महाधिवेशनमा देशभरबाट २ हजार ५ सय जनाको सहभागितामा रहने छ भने थप ४ वटा शाखाहरु विस्तार हुने जानकारी महाधिवेशन निर्देशक साहले दिए । 
 
जेसीज नेपालले सामाजिक, शैक्षिक, स्वास्थ्य तथा उद्यमशीलका लागि यूवा नेतृत्वका लागि काम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप