शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बस्दै, यस्ता छन् बैठकका एजेण्डा

शनिबार, ०१ मङ्सिर २०७५, १२ : ५४
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आजका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बैठक बस्ने बैठकमा महासमिति बैठक, नेविसंघको समयावधि लगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए । 

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघको निर्वाचित कार्यसमिति विधानअनुरुप आइतबार स्वत विघटन हुने भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने प्रवक्ता शर्माको भनाई छ । 

नैनसिंह महर नेतृत्वका कार्यसमितिले समयमा महाधिवेशन गराउन नसक्दा सो कार्यसमिति विघटनको संघारमा पुगेको हो । 

महर नेतृत्वको संघको वर्तमान कार्यसमितिको म्याद गत भदौ २ गते नै सकिएको थियो । तर, पार्टीको निर्देशक समितिले गत भदौमा तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटसहित समय थप गरेको थियो । 

प्रवक्ता शर्माका अनुसार बैठकले नेविसंघको विधान पारित गरी १२ औं महाधिवेशनको मिति तय गर्न आवश्यक निर्णय लिने छ । 

साथै महासमिति बैठक र समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप