बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरपोलको ८७ औं महासभामा भाग लिन आईजीपी खनाल दुबई अार्इपुगे

शनिबार, ०१ मङ्सिर २०७५, १३ : ०३
शनिबार, ०१ मङ्सिर २०७५

बिनोद श्रेष्ठ

युएर्इ-अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल दुबई पुगेका छन् ।

अाइतबारदेखि दुबर्इमा शुरू हुने अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को ८७ औं महासभामा भाग लिन खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगाएतका अन्य प्रहरी अधिकारीहरू अाज विहान दुबर्इ अार्इपुगेका हुन् ।

खनाल लगायत अन्य प्रहरी अधिकारीहरूलार्इ दुबई अन्तराष्ट्रिय बिमानस्थलमा एनआरएन युएर्इका पदाधिकारीहरूले स्वागत गरेको थियो। 

चार दिनसम्म चल्ने उक्त महासभामा १सय ९२ देशका प्रतिनिधिहरूको सहभागिता रहने छ। महासभामा अन्तराष्ट्रिय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथाम साथै अन्य अपराधको विषयमा छलफल हुने बताइएको छ। 
नेपालले पनि सुरक्षाका विषयमा प्रस्तावहरु सभामा राख्ने अार्इजिपि खनालले बताए। सभाले इन्टरपोलको अध्यक्ष पनि चयन गर्नेछ।

खनाल आगामी शुक्रबार देरा दुबईको काल्टन टावर होटलमा आयोजना हुन गइरहेको एनआरएन युएईको बार्षिक उत्सब कार्यक्रममा बिशेष अथितिको रूपमा उपस्थिति हुने र विभिन्न बिषयमा अन्तरक्रिया गरिने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

अार्इजिपी खनाल मंसिर ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप