बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल प्रहरीका ४५५ इन्सपेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

शनिबार, ०१ मङ्सिर २०७५, १३ : ०९
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ४५५ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा हृदेश कुमार सापकोटा, ईलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा सुशील केसी र महानगरीय प्रहरी प्रभाग सानेपामा हिक्मत बहादुर थापालाई सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत हिमा थोकरलाई नेपाल प्रहरी ३ नम्बर प्रदेश आवासीय मावीमा सरुवा गरिएको छ । 
ईलाका प्रहरी कार्यालय रानी मोरङमा इन्द्रब बहादुर राना, ईलाका प्रहरी कार्यालय खानीखोला धादिङमा उद्धब पोखरेल, महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा ऋषि कुमार ढुंगानालाई सरुवा गरिएको छ ।
 त्यस्तै महानगरीय ट्राफिक मशाहाखामा केशवराज भट्ट, इलाका प्रहरी कार्यालय मुग्लिनमा नविन बुढाथोकी र इलाका प्रहरी कार्यालय बनेपामा निरञ्जन भट्टराईको सरुवा भएको छ ।
 हेर्नुहोस् इन्सपेक्टर सरुवाको पूर्ण सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप