शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शहिद स्मारक ए डिभिजन लिग : मनाङको सहज जित

शनिबार, ०१ मङ्सिर २०७५, १४ : ३७
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं–नेपालको क्लब फुटबलमा सर्वाधिक सफल टिम मनाङ मस्र्याङ्दी क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा सफलता हात पारेको छ  ।

हल्चोक स्थित एपीएफको मैदानमा शनिबार भएको पहिलो खेलमा मनाङले एनआरटी क्लबलाई २–० गोलले हरायो । मनाङको जितमा अन्जन विष्ट र अफ्रिकी खेलाडी ओलावाले अफिजले गोल गरे ।

दशैं र तिहारका कारण एक चरणको खेल पछि रोकिएको लिग शनिबारबाट पुनः सुरु भएको हो । लिगमा दुई खेल जितेको मनाङ ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेल बराबरी खेलेको एनआरटीको एक अंक छ ।

मनाङले खेलको १७औं मिनेटमा पाएको पेनाल्टी गोल मार्फत अग्रता बनाएको थियो । मनाङका अन्जनलाई एनआरटीका रक्षक मोहसुद ओएले डिबक्स भित्र फल हानेर लडाएपछि मनाङले पेनाल्टीको मौका पाएको थियो । उक्त पेनाल्टीलाई अन्जनले सही सदुपयोग गरे । खेलको म्यान अफदी म्याच बनेका अन्जनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

खेलको सुरुवातदेखिनै एनआरटीमाथि हावी देखिएको मनाङले ३८औं मिनेटमा दोस्रो गोल थपेको थियो । मनाङका अनुभवी फरवार्ड ओलावाले डिबक्सभित्र एनआरटीका तीन रक्षक र गोलरक्षकलाई छक्क्याउँदै एकल प्रयासमा गोल गरेका थिए ।

दोस्रो हाफमा पनि गातार पोस्ट प्रहारको अवसर बनाएको मनाङको थप गोल भने हुन सकेन । खेलभर मनाङको दवाव झेलेको एनआरटीलले गोलगर्न लायक एउटा पनि अवसर बनाउन सकेन ।

मनाङले खेलको १०औं मिनेटमै अनुभवी खेलाडी प्रकाश बुढाथोकीलाई गुमाएको थियो । विपक्षीसँग ठोकिएर मैदानमा लड्दा प्रकाशको दायाँ हात भाँचिएको छ । उनी शनिबार देखिनै मनाङबाट खेलेका थिए । शनिबारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप