शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पार्टी कार्यालय अगाडि नेविसंघ कार्यकर्ताद्वारा नाराबाजी

शनिबार, ०१ मङ्सिर २०७५, १४ : ४९
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं– दिउँसो २ बजेका लागि बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठक सुरु हुन ढिलाई भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता कार्यकर्ताले चर्को नाराबाजी थालेपछि बैठक प्रभावित बन्न पुगेको छ । नेविसंघभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला निकटका नेता कार्यकर्ताले तत्काल महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरिरहेका छन् । 

उनीहरुले टीकेप्रथाबाट नेविसंघको नेतृत्व ल्याइन खोजिएको, विधान पारित गर्न ढिलाइगरिएको लगायतमा असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालगायतका नेताहरुविरुद्ध नाराबाजी गरेका हुन् ।

पार्टी कार्यालय अगाडी नाराबाजी गर्न नेविसंघ नेताहरु सरोज काफ्ले, सुशील भट्टलगायतका नेविसंघका प्रभावशाली नेताहरुका साथै कार्यकर्ताहरु सहभागि भएका छन् । 

काँग्रेसको आजको बैठकमा भोलिदेखि नेविसंघ स्वत विघटन हुने भएकाले कसरी अघि बढ्ने भन्नेमै केन्द्रीत रहने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप