शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पारा ओलम्पियन खेलाडीलाई आजीवन भत्ता

शनिबार, ०१ मङ्सिर २०७५, १४ : ५२
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं–राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीनजना पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ ।
 पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक तीन हजार रुपैयाँको दरले शनिबार जनही १२ हजार रुपैयाँ प्रदान गरेको हो ।

 एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिक खेलेका थिए । खेलाडीलाई राखेपका सदस्यसचिव केशवकुमार बिष्टले भत्ता प्रदान गरे ।

राखेपको गत असोजमा सम्पन्न एकसय १०औं बोर्ड बैठकले पारा ओलम्पिक खेलाडीलाई पनि गृष्मकालीन ओलम्पिक खेलमा सहभागी खेलाडी सरह आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । 

राखेपले हाल सन् १९६४ पछि गृष्मकालीन खेलकुदमा सहभागी नेपालका ५९ खेलाडीलाई मासिक तीन हजारका दरले गत साउनदेखि भत्ता उपलब्ध गराउन थालेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप