बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीले दिए कर अधिकृतहरुलाई यस्तो निर्देशन

शनिबार, ०१ मङ्सिर २०७५, १५ : ०२
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले सम्मानको हकदार हुने गरि कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन् । 

आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमानदार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका हुन् । 
 करदातासँग सम्मानपूर्वक प्रस्तुत हुनुको साथै न्युन करका लागि उनीहरुसँग मोलाहिज्जा नगर्न पनि उनले सचेत गराए । 

उनले भने, ‘तपाईँहरु सम्मान लिन तयार हुनुहोस् कारवाही भोग्न तयार नहुनुहोस् । त्यो राम्रो हुदैन । यो मेरो अनुरोध पनि हो । राज्यका आँखामा कोही पनि छुट्दैन ।’

 उनले राजस्वबाट तलब भत्ता खाने सबै कर्मचारी कर संकलनको सवालमा सजग र इमान्दार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले राजश्ववाटै तलबभत्ता सुविधा खाने हो, यहाँ हामीले मोलाहिज्जा गर्यौ भने भोली हाम्रो तलब खाने स्थिति बन्दैन भन्ने कुरा सरकारी राजश्वबाट तलब भत्ता खाने हामी सबैले बुझ्नुपर्छ ।’

उनले कारोबार अर्थात् आम्दानीकै आधारमा कर तिर्ने कुराको करदातालाई जानकारी गराउनुको साथै डर धम्कीको भाषा नभई सम्मानपुर्वक व्यवहार गर्न पनि कर्मचारीहरुलाई सुझाए । 

कर प्रणालीलाई निजी क्षेत्र लगानी मैत्री बनाउने लक्ष्य अनुसार सरकारले उपभोक्ताको हितलाई प्रतिकूल असर नपर्ने गरि आधारभूत उद्योगहरुको संरक्षण गर्ने किसिमले कर प्रणालीलाई पुर्नसंरचना गरिने अर्थमन्त्री खतिवडाले बताए । 

आन्तरिक पुँजी निर्माण लगायतका लागि पनि सरकारले छनौट पूर्ण ढंगले सीमित समय सम्मका लागि केही आधारभुत उद्योगहरुलाई संरक्षण गर्ने नीति लिएको उनले स्पष्ट पारे ।

कार्यक्रममा अर्थ सचिव डा राजन खनालले कर प्रणालीलाई छिट्ै नै अनलाईन प्रणालीमा लैजाने बताए । कर प्रणाली पुर्ण रुपमा अनलाईन प्रविधिमा गएपछि करमा दर्ता हुने प्रक्रिया सजिलो भएपनि कर तिर्ने, कर गणना र नोक्सानीमा पर्दा करप्रणालीबाट बाहिर निस्कने प्रक्रिया जटिल भएको भन्दै करदाताबाट आउने सबै गुनासोहरुको सम्बोधन हुने उनले दाबी गरे । 

करको विवरण अनलाईनबाट भर्ने व्यवस्था भएपनि कर तिर्न, कर चुक्ता लिन तथा करमा दर्ताका लागि करदाता स्वयम् कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था छ । 

साथै अनलाईन कर विवरण बुझाउने सम्बन्धमा पनि करदातालाई पर्याप्त जानकारी गराउन नसक्दा विभिन्न किसिमको झन्झट व्यहोर्नु परेको गुनासो करदाताबाट हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप