शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालगञ्ज शहर ‘नो हर्न’ घोषित

शनिबार, ०१ मङ्सिर २०७५, १६ : २५
शनिबार, ०१ मङ्सिर २०७५

बाँके- नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ ।
 ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । ‘नो हर्न’ अभियानअन्तर्गत आजदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ । 

नेपालगञ्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।

उनका अनुसार मङ्सिर महीनाभर अभियान सफल पार्न ब्यापक प्रचारप्रसार गरिनेछ । नेपालगञ्जलाई पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न मङ्सिर महीना सरोकारवाला र सङ्घ संस्थाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गरे । नेपालगञ्ज प्रवेश गर्ने नाकामा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकायसँग छलफल गरिएको र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
कार्यालयका अनुसार बढ्दो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्याधिक ध्वनि प्रदूषण भएपछि हर्न निषेधित गरिएको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अभियान लागू गरिएको छ । 

अभियान शुरु भएसँगै अब सवारी साधनले हर्न बजाए रु एक हजार ५०० जरिवाना गरिनेछ । पछिल्लो समय नेपालगञ्जमा ध्वनि प्रदूषण बढ्दै गएपछि अभियान शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘‘
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप