शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्मीद्वारा १–० गोलले च्यासल पराजित

शनिबार, ०१ मङ्सिर २०७५, १८ : ३०
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं । श्हिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई १–० गोलले हराएको छ । 

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा भएको खेलमा आर्मीका लागि विकास खवासले २७औं मिनेटमा गरेको गोल निर्णाय बन्यो । च्यासलको तुलनामा बलियो देखिएको आर्मीले थप गोल भने गर्न सकेन । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखललाई टोलीमा समावेश गरेको च्यासलले आर्मीविरुद्ध केही राम्रा मौका बनाएपनि गोल फकाएन सकेन । 

१४आंै मिनेटमा च्यासलका अमिर श्रेष्ठको शसक्त प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले विफल पारिदिएका थिए । पहिलो हाफमा आर्मीका कप्तान भरत खवास पनि चुकेका थिए । ४९औं मिनेटमा च्यासलका सन्तोषको फ्रिकिक प्रहारलाई आर्मीका गोलकिपर विकेशले पुनः बचाएका थिए । जितसँगै आर्मीले दुई खेलबाट चार अंक जोडेको छ । च्यासलको एक अंक छ ।
    
राष्ट्रिय टिमका युवा स्ट्राईकर विमल घर्तिमगर र घरेलु क्लब फुटबलका सर्वाधिक सफल स्ट्राईकर सन्तोष साहुखलले च्यासलको अग्रपङ्ती सम्हालेपनि गोल गर्न सकेनन् । जितपछि आर्मीले २ खेलबाट ४ अंक जोडेको छ । च्यासलसंग एक अंक छ ।

कुल पाँच करोड ८० लाख रुपैयाँ लगानीमा सञ्चालित लिगको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । 

यसैगरी उपविजेताले ३५ लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । चौथो, पाँचौं र छैटौं हुने टोलीले क्रमशः १५ लाख, सात लाख र पाँच लाख रुपैयाँ हात पार्नेछन् । लिगको अनुशासित टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार तथा सर्वोत्कृष्ट विधाका स्ट्राइकर, रक्षक, गोलरक्षक, मिडफिल्डर र प्रशिक्षकलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । 

लिगको विजेता टोलीले सन् २०१९ मा आयोजना हुने एएफसी एसिएन कप खेल्ने अवसरसमेत प्राप्त गर्नेछ । लिगको अन्तिम १३औं र १४औं स्थानमा रहने क्लबलाई आगामी वर्ष सञ्चालन हुने ‘ए’ डिभिजन लिगमा एक र दुई अंक घटाइने बताईएको छ । 

नेपालमा ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग सञ्चालनका लागि फिफाको ‘फिफा परवार्ड डेभलपमेन्ट कार्यक्रम’ बाट एन्फालाई ६ करोड ८८ लाख रुपैयाँ प्राप्त भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । एन्फाले लिग तयारीका लागि प्रत्येक क्लबलाई २० लाख रुपैयाँ समेत प्रदान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप