शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लाजिम्पाटबाट समातिए चार जना जुवाडे, १ लाख ३७ हजार बरामद

शनिबार, ०१ मङ्सिर २०७५, १८ : ५१
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं । जुवाको खालबाट १ लाख ३७ हजार ७ सय २० रुपैयाँसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजु भट्टचन, हरि श्रेष्ठ, यादव रायमाझी र दावा शेर्पा रहेका छन् ।

राजधानीको व्यस्त शहर लाजिम्पाट क्षेत्रको पण्डोल मार्गबाट हारजित हुने जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा वृतका इन्सपेक्टर फल बहादुर तामाङको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

लुकेर तास खेलिरहेका उनीहरुको साथबाट  नगदसहित ५ बुक तास र सो खेलमा प्रयोग गरेको क्यारिमबोर्डको गोटी जस्तो देखिने सेतो र कालो ३० वटा गोटी बरामद गरिएको महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख (डिएसपी) दानबहादुर मल्लले बताए ।

‘जुवा खेलाउने मुख्य नाइके राजु भट्टचन हो ,’ डिएसपी मल्लले भने, ‘आफ्नै घरमा जुवा खेलाउँदै भट्टचनले आफूले पनि खेल्दै आइरहेका थिए ।’

उनीहरुलाई जुवा ऐन अन्तर्गतको कसुरमा अपराधमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप