बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको भेट्रान टोली सेमिफाइनलमा प्रवेश

शनिबार, ०१ मङ्सिर २०७५, १८ : ५४
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं । भारतको गुवाहाटीमा जारी पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ  । 

गुवाहाटी रंगशालामा शनिबार भएको खेलमा नेपालको सिएमजी भेट्रान क्लबले आसामलाई १–० गोलले हरायो । नेपालको जितमा बालगोपाल मर्हजनले गोल गरेका थिए । 

सुक्रबार भएको पहिलो खेलमा नेपालको सिएमजी क्लबले भारतको डिमापुरलाई २–१ गेलले हरायो । दोस्रो खेलमा नेपालले मेट्रो आसामसँग गोलरहित बराबरी खेलेको थियो । 

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आइतबार हुुनेछ । २० सदस्यीय नेपाली भेट्रान टोलीको कप्तानी उपेन्द्रमान सिंहले गरेका छन् ।

भारतको युनाइटेड ब्रदर्स क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए । प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेता टोलीले ३० हजार भारु पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप