शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण, रक्तदान कार्यक्रम सम्पन्न

सोमबार, ०९ साउन २०७४, १४ : ४८
सोमबार, ०९ साउन २०७४

काठमाडौं–एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बालबालिकाकालागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ । 

आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुरको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघमा आश्रीत विभिन्न दुर्गम जिल्लाबाट आश्रय लिएका बालबालिकालाई बैंकले शैक्षिक सामाग्री तथा खाद्य सामाग्री वितण गरेको हो । 

साथै, सोहि अवसर पारेर बैंकले थापाथली स्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रम गरेको छ । सो अवसरमा करिब १ सय ५० जना रक्तदाताले रक्तदान गरेका छन् । 


बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८ हजार विरुवा रोपेको जनाएको छ । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप