शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनबाट हराएका भनिएका सुदिप तेह्रथुमको होटलमा भेटिए

शनिबार, ०१ मङ्सिर २०७५, २० : २४
शनिबार, ०१ मङ्सिर २०७५

चितवन । छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला परेका छन् । 

कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उनी नारायणगढबाट बेपत्ता भ्रएका थिए ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उनलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उनको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले बताए । 

सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन भएका थिए ।

भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर उत्तीर्ण गरेका सुदीपको आगामी मङ्सिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसासमेत लागी टिकटसमेत लिइसकेको भनिएको थियो ।

गत असोज ३ गते विदेश जाने भन्दै विवाहसमेत गर्नुरेका थिए । सुदीपका बुबा गङ्गा सापकोटाले सुदीप भेटिएको र लिनका लागि तेह्रथुम गइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप