शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३८औँ हप्तामा छ टन फोहर सङ्कलन

शनिबार, ०१ मङ्सिर २०७५, २० : ३१
शनिबार, ०१ मङ्सिर २०७५

भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३८औँ हप्ता छ टन फोहर सङ्कलन भएको छ । 

आज भक्तपुरको सल्लाघारी क्षेत्रमा भएको नदी सफाइ अभियानमा छ टन फोहर सङ्कलन भएको हो । यो क्षेत्रमा गत शनिबार पनि गरिएको सफाइमा छ टन नै फोहर सङ्कलन गरिएको थियो । 

प्रदेश नं ३ को सांसद रजनी जोन्छेको प्रमुख आतिथ्यमा भएको उनले सबैको साथ र सहयोग नदी सफाइमा हुनु आवश्यक रहेको बताए ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले भक्तपुरलाई सफाइको चिनारीसँग जोड्न हनुमन्ते नदी सफाइ हुनुपर्ने आवश्यक रहेको बताउँदै अभियान सफल पार्न सबैमा आग्रह गरे । 

कार्यक्रममा अभियानका प्रमुख सल्लाहकार पूर्वउद्योगमन्त्री एवं सांसद महेश बस्नेतले भक्तपुरको समग्र परिवर्तनका लागि लागि रहेको बताउँदै हनुमन्ते नदी सफाइ पनि परिवर्तनकै पाटो भएको बताए । 

सफाइ अभियानमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधीकर्मी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, भक्तपुर जिल्ला समन्वय समिति सहसंयोजक सरिता कुँवर, वीरदल गणका गणपति शिवप्रसाद पौडेललगायत विभिन्न सङ्घसंस्था, विद्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप