शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारपछि गर्भवती बनेकी एघार वर्षिया गर्भवती बालिकाको उद्धार

सोमबार, ०९ साउन २०७४, १४ : ५३
सोमबार, ०९ साउन २०७४

भोजपुर– जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिय गर्भवती वाललिकालाई उद्धार गरी बाल हेल्प लाइन विराटनगर पठाइएको छ । बालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै तत्कालका लागि सिविन नेपालले सञ्चालन गरेको बाल हेल्प लाइन बिराटनगर पठाइएको हो । 


पीडितविरुद्धको मुद्दाको प्रक्रिया अगाडी वढेपछि बालिकालाई काठमाण्डौ लैजाने योजना महिला तथा वालवालिका कार्यालय भोजपुरका महिला अधिकृत पुष्पलता उप्रतीले जानकारी दिइन् । 


स्थानीय दुर्गावहादुर श्रेष्ठले बलात्कार गरेपछि गर्भवती भएकी बालिकाको पेटमा अहिले छ महिनाको गर्भ रहेको छ । पीडित वालिकाले श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप