शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवस्थापिका संसद बैठकमा राजपाको चेतावनी : हामीलाई हल्का नलिइयोस् (भिडियो)

सोमबार, ०९ साउन २०७४, १५ : ०१
सोमबार, ०९ साउन २०७४

काठमाडौँ – राष्ट्रिय जनता पार्टीले आफुहरुसंगको सहमति कार्यान्वयनलाई हल्का ढंगमा नलिन सरकार र राजनीतिक दललाई चेतावनी दिएको छ । 
सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन, संविधान संसोधन लगायत आफुहरुसंग विगतमा भएका सहमति कार्यान्वनमा सरकार र राजनीतिक दलहरु गम्भीर नबनेको भन्दै राजपाले हल्का ढंगले लिएमा भविष्यमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको हो । 

व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद महेन्द्र राय यादवले यथास्थितिमा आफुहरु निर्वाचनमा जाने अवस्था नरहेको भन्दै आफुहरुका मागलाई हल्का ढंगले नबुझ्न चेतावनी दिए ।

राजपाका अध्यक्ष मण्डलका सदस्य यादवले संविधान संसोधन प्रस्ताव अघि बढाउन, राजनीतिक मुद्दा फिर्ता लिदै बाकी रहेकालाई शहिद घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

राजपालाई निर्वाचनमा सहभागी गराउने भन्दै सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको मिति सारे पनि राजपा भने संविधान संसोधन लगायत माग पुरा हुनुपर्ने अडानमा यथावत उभिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप