शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेखाको ‘रुन्द्रप्रिया’को यस्तो छ फष्टलुक

सोमबार, ०९ साउन २०७४, १५ : १७
सोमबार, ०९ साउन २०७४

काठमाडौं – अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल करिब ८ बर्षपछि एकसाथ अभिनय गरेको चलचित्र ‘रुद्रप्रिया’ फस्टलूक पोस्टर रिलिज भएको छ । अभिनेत्री रेखाले आफ्नो फेसबुक मार्फत पोष्टर सार्वजनिक गरेकी हुन् ।


रेखाकै ब्यानर रेखा फिल्मको ब्यानरमा निर्माण भएको ‘रुद्रप्रिया’को फष्टलुक पोस्टरमा रेखा केही भिन्न र रोचक देखिएकी छन् । पोस्टरमा रेखाको अनुहारको आधा छोपिएको छ । भने पोस्टरमा रेखाले आर्यनको हात समेत समाएकी देखाइएको छ ।


सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको ‘रुद्रप्रिया’ रेखाले नै निर्माण गरेकी हुन् । २ कार्तिकबाट अल नेपाल रिलिज हुने चलचित्रमा रेखा र आर्यनको मुख्य भूमिका रहेको छ । 


चलचित्रका गीतमा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । यसका कार्यकारी निर्माता एमके पौडेल हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप