शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोभारको मकैबारीमा नवजात शिशु फेला

सोमबार, ०९ साउन २०७४, १५ : १९
सोमबार, ०९ साउन २०७४

काठमाडौंस्थित चोभारको मकैबारीमा सोमबार एक नवजात शिशु जीवित अवस्थामा फेला परेको छ । हुप्पील्याण्ड नजिकै रहेको एक मकैबारीमा प्लाष्टिकमा पोको पारेको अवस्थामा नवजात शिशु फेला परेको हो ।

जन्मेको एक दुई दिन भइसकेको जस्तो देखिने बालकलाई चोभारकी स्थानीय ठूलदिदी राईले दिउँसो करिब १ बजेतिर बाटोमा हिँडिरहेका बेला रोइरहेको अवस्थामा फेला पारेकी हुन् ।

महिलाले उक्त नवजात शिशुलाई भेटेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई जानकारी गराएको र पुलिसले नवजात शिशुको स्वास्थ्य परिक्षणका लागि अस्पताल पुर्याएको  बताइएको छ ।

तस्बिरः सुरेन्द्र बस्नेतको फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप