शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीन कृत्रिम सूर्य बनाउने तयारीमा, वास्तविक सूर्यभन्दा ६ गुणा तातो हुने

आइतबार, ०२ मङ्सिर २०७५, १० : ३५
आइतबार, ०२ मङ्सिर २०७५

चीनका वैज्ञानिक स्वच्छ ऊर्जा पैदा गर्ने उद्देश्यसहित एक कृत्रिम सूर्य बनाउने तयारीमा छन् । यो वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो हुने बताइएको छ । वास्तविक सूर्यको भित्री भाग १.५० करोड डिग्री सेल्यियससम्म तातो हुन्छ भने गत मंगलबार चीनको नयाँ सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो भएको हेफे इन्स्टिच्युट अफ फिजिकल साइन्सका वैज्ञानिकले जानकारी दिएका छन् ।

चीनको एकेडेमी अफ साइन्ससँग सम्बन्धित इन्स्टिच्युट अफ प्लाजमा फिजिक्सका अनुसार कृत्रिम सूर्यको परीक्षण जारी छ । यसलाई एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिंग टोकामक (ईस्ट) नाम दिइएको छ । यसलाई वास्तविक सूर्य झैं डिजाइन गरिएको छ । यसले सौर्य मण्डलको मध्य भागमा बस्ने कुनै ताराले झैं ऊर्जाको भण्डार उपलब्ध गराउनेछ ।

मेसिन चलाउन १५ हजार डलर खर्चः

वास्तवमा ईस्टलाई एउटा मेसिनमार्फत पैदा गरिएको छ  । यो मेसिनको बीच भागमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत गर्मी पैदा गर्न सकिनेछ । यद्यपी, यसलाई एक दिन चालु गर्नका लागि १५ हजार डलर खर्च हुन्छ । यद्यपी, यो मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स द्वीपमा राखिएको छ ।

पृथ्वीका लागि ऊर्जा स्रोतको विकल्पको रुपमा तयार गरिँदैछः

ईस्टलाई विशेषगरी पृथ्वीमा ऊर्जाका लागि नयाँ विकल्पका लागि प्रयोग गर्नका लागि बनाइएको छ । भविष्यमा यो प्रविधी स्वच्छ ऊर्जा पैदा गर्न महत्वपूर्ण स्रोत साबित हुनसक्छ । वास्तवमा अहिले न्यूक्लियर फ्यूजनमार्फत ऊर्जा पैदा गरिँदैछ । यद्यपी, यसका कारण पैदा भइरहेको विषालु न्यूक्लियर फोहोर मानिसहरुका लागि निकै खतरनाक छ ।

आकाशमा कृत्रिम चन्द्रमा राख्ने योजना बनाइसकेको छ चीनः

चीनले पहिले नै प्रकाशको नयाँ स्रोतको रुपमा आकाशमा कृत्रिम चन्द्रमा लगाउने बारे कुरा गरिसकेको छ ।  कृत्रिम चन्द्रमा मार्फत चीनका वैज्ञानिकले त्यहाँको सडकलाई राती पनि झलमल पार्न चाहन्छन् । यसका लागि केही ठूला सेटलाइटको प्रयोग गरिनेछ जसले ऊर्जालाई पनि बचाउने काम गर्नेछ । यो सन् २०२२ सम्म लञ्च हुने सम्भावना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप