शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलाइकाको १२ वर्ष कान्छा अर्जुन कपूरसँग खुलेयाम प्रेम !

आइतबार, ०२ मङ्सिर २०७५, १० : ५८
आइतबार, ०२ मङ्सिर २०७५

एजेन्सी । प्रेम, विवाह र सम्बन्धविच्छेद जीवनका पाटाहरु हुन् । यसका वास्तविक परिभाषा दिन नसकेपनि यसले मानिसको जीवनमा भने अनेक तरङ्ग ल्याइदिन्छ ।

यी तीनै चीज समाजमा सधैँ चासो रहने विषय पनि हो । अझ यही कुरा सेलीब्रेटीको मामिलामा मानिसहरु झनै धेरै चासो व्यक्त गर्छन् ।

यस्तैमा यतिबेला बलिउड अभिनेता अर्जुन कपूर उनकी प्रेमिका मलाइका अरोराको प्रेमले निकै चर्चा पाउन थालेको छ । आफूभन्दा १२ वर्षे कान्छा अभिनेतासँग खुलेयाम प्रेम देखाउन थालेकी छिन् मलाइका ।

 केही दिन अघि उनीहरुको नाइट पार्टीको तस्विरले सामाजिक सञ्जालमा तहल्का पिटिरहेको छ । पार्टीमा अर्जुनकी काकी अर्थात संजय कपूरकी पत्नी महीप कपूर पनि उपस्थित थिइन् । 

तस्विरमा मलाइका–अर्जुनको निकटताले यही बताउँछ कि यी दुई अब खुलेयाम आफ्नो प्रेम स्वीकार्न थालिसकेका छन् । 


 
४५ वर्षिया मलाइकाले निर्देशक तथा अभिनेता अरवाज खानसँगको २१ वर्षे दाम्पत्य जीवनलाई पूर्णविराम लगाएकी थिइन् ।   

गत वर्ष अरवाज खानसँग सम्वन्धविच्छेद गरेकी  मलाइकाको १५ वर्षका छोरा छन् । अर्जुन भने अविवाहित हुन् ।  

इटलीमा सँगै मलाइकाको जन्मदिन मनाएर मुम्बई फर्किएको यो जोडीले आफ्नो प्रेम एयरपार्टमा पनि सार्वजनिक गरेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरु चाँडै आफ्नो विवाहको औपचारिक घोषणा गर्दैछन् र अर्को विवाह बन्धनमा बाँधिनेछन् ।  

यता अरवाज भने रोमानियाकी सुन्दरी जर्जिया एन्ड्रियानीसँग प्रेममा छन् । अरवाजले एन्ड्रियासँग आफ्नो प्रेम सार्वजनिक रुपमा स्वीकारिसकेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप