शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोललाई बल्ल खुल्यो अमेरिकाको बाटो

सोमबार, ०९ साउन २०७४, १५ : २२
सोमबार, ०९ साउन २०७४

काठमाडौं –अमेरिकाले भिषा दिन नपत्यका थुप्रै अभिनेता छन् चलचित्र क्षेत्रमा । ति मध्य एक युवा स्टार अभिनेता अनमोल केसी पनि हुन् । उनलाई अमेरिकाले गतबर्ष भिषाको लागि पत्याएको थिएन । जसको कारणले उनी आफ्नो चलचित्र ‘ड्रिम’ प्रदर्शनका लागि अमेरिका जान पाएका थिइनन् ।


सो समय उनले चलचित्र ‘कृ’को तयारीका लागि अमेरिका नगएको बताउँदै आएका थिए । अहिले भने उनलाई अमेरिकाले पत्याएको छ ।  अमेरिकामा आयोजना हुने ग्लोवल फिल्म फेष्टिवलका लागि जाने भनेपछि अमेरिकाले उनलाई पत्याएको हो । सो फेष्टिवलमा अनमोल अमेरिका जाने बुझिएको छ ।


हुन त केही भारतीय मिडियाले समेत अनमोललाई नेपालका सुपरस्टार भनेर समेत समाचार बनाएका छन् । यी समाचारले पनि उनको अमेरिका बाटोलाई केही सहज गरेको चर्चा चलचित्र क्षेत्रमा छ ।


बुझिए अनुसार यो फेष्टिवलका लागि अहिले धेरै कलाकार अमेरिका जाने कसरतमा छन् । अभिनय हाइट भएका र नभएका थुप्रै कलाकारको भिषाका लागि आयोजकले प्रयास गरिरहेको छ । कतिपय कलाकार कार्यक्रममा जान मोटो रकम तिर्न समेत अगाडि सरेका छन् ।
 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप