बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारत सरकारको निर्मित कास्की जिल्लाका तीन विद्यालय भवनको उद्घाटन

आइतबार, ०२ मङ्सिर २०७५, १२ : ११
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको लेखनाथ नगरपालिकास्थित श्री सरस्वती टिका उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उक्त विद्यालय भवनको उद्घाटन गरे । 

समारोहमा भारतीय दूतावासका मिशन उपप्रमुख डा. अजय कुमारको उपस्थित थियो । 

डा. कुमारले लक्ष्मी आदर्श महुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको पनि उद्घाटन गरे ।

श्री सरस्वती टिका उच्च माध्यमिक विद्यालय ३.७१ करोड नेपाली रुपैयाँ बराबरको भारतीय  सहयोगमा निर्माण गरिएको होे । 

राष्ट्रिय परिक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले टेन प्लस टु तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ । 

कास्की जिल्लाको प्रतिष्ठित उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । 

सो विद्यालयमा अध्ययनरत झण्डैै ११ सय विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् । 

त्यस्तै, ४.८४ करोड रुपैयाँ भारतीय सहयोगमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालिन कार्यक्रम एवं प्लस टु तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दछ । यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् । 

यता, ४.११ करोड रुपैयाँ बराबरको भारतीय सहयोगमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको निर्माण भएको हो । 

यो त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेका एक गैरनाफामूलक प्राज्ञिक संस्था हो जसले बिएड, बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दछ । 

सन् २०१८को शैक्षिक सत्रदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ । 

यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् । 

नवनिर्मित संरचनाहरु (सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय, आदि)ले विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्ने आशा गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप