शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनय बढाउन सरोजले सुरु गरे ‘माला आर्टस’

आइतबार, ०२ मङ्सिर २०७५, १३ : ०७
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं – अमेरिकाबाट फर्किएपछि पुनः अभिनयमा क्रियासिल अभिनेता सरोज खनालले अब अभिनय पढाउने भएका छन् ।

 ‘माला आर्टस् एकेडेमी’ मार्फत उनले अभिनय पढाउन लागेका हुन् ।

कवि बसन्त चौधरी, अभिनेता तथा निर्देशक भुवन केसी, शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, सनी रौनियार, सुनिल थापालगायत थुप्रै कलाकार्मीको उपस्थितीमा एकेडेमीको शनिबार शुभारम्भ गरियो । 

राजधानीको दरबारमार्गमा सञ्चालनमा आएको उक्त एकेडेमी अभिनेता सरोज खनाल र उनको समूहले सञ्चालनमा ल्याएको हो । एकेडेमीले मंसिर १६ गतेबाट व्यावसायिक रुपमा अभिनयको पढाइ सुरु गर्ने जनाएको छ । 

अभिनयको भोक मेटाउन एकेडेमीको सुरु गरिएको एकेडेमीकी अध्यक्ष चन्द्रमाला खनालले बताइन् ।

 ‘अहिलेका पुस्ताले मलाई चिन्दैनन्’ खनालले भनिन् ‘कलाको किराले टोकेपछि त्यसलाई छोड्न नसकिने रहेछ । त्यसकारण हामी दिदीबहिनी मिलेर एकेडेमी ल्याएका हौं ।’

एकेडेमीका प्रबन्ध निर्देशकसमेत रहेका अभिनेता सरोजले अभिनय सम्बन्धी केही कुरा सिकेर र देखेर नै एकेडेमी सञ्चालनमा ल्याएको बताए । एक वर्ष अघिको योजना अहिले साकार भएको सरोजको भनाई रहेको छ । 

सरोजका अनुसार एकेडेमीमा बिहान र बेलुका दुई सिफ्ट गरी जम्मा ३० जना विद्यार्थीले अध्ययन गर्नेछन्।

एकेडेमीमा सूर्यमाला खनाल सहध्यक्ष र वीरेन्द्र हमाल अभिनय प्रमुख र सुवर्ण थापा आटिस्टिक डिरेक्टर छन् । हरिहर शर्मा, नीर शाह, विप्लव प्रतिक र कृष्ण धराबासी सल्लाहकार रहेको एकेडेमीमा गौरी मल्ल, दिनेश अधिकारी, सौगात मल्ल, प्रशान्त ताम्राकार, विकासराज आचार्य, दिवाकर भट्टराई, न्ह्यु बज्राचार्य र पुरुषोत्तम प्रधान गेस्ट स्पिकर रहनेछन् । 

कार्यक्रममा सहभागी सबै कलाकारले एडेमीको सफलताको लागि शुभकामना दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप