शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आर्थिक कार्यविधि ऐन’ ल्याउने अर्थमन्त्रीको घोषणा

आइतबार, ०२ मङ्सिर २०७५, १३ : १०
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं–सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित् गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित् हुनेगरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिएका हुन् ।

सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन पनि सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी गरेको अर्थमन्त्रीको भनाई छ । अर्थमन्त्री खतिवडाले करको रकम दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई पुनः सचेत समेत गराएका छन् ।

अर्थमन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको दावी गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउन सरकारले सबै निकायमा विद्युतीय भुक्तानी कारोबार प्रणालीलाई लागू गर्ने कामलाई तीब्रता दिएको जानकारी पनि दिए ।  

खतिवडाले दातृ निकायले दिएको सहयोग  र करदाताबाट उठेको रकम पारदर्शी ढंगले खर्च हुने पनि बताए । 

 खतिवडाले आफूले पटक — पटक करदाताले तिरेको एक रुपैयाँ पैसा पनि सही ठाउँमा खर्च हुने बताउँदै आएको उल्लेख गर्दै भने, ‘दातृ निकायले दिएको सहयोगमा हाम्रो साथ हुनेछ  र कर तिर्ने करदातालाई पनि हाम्रो साथ हुनेछ  । उनीहरुबाट उठेको रकम सही ठाउँमा प्रयोग हुनेछ ।’ 

आर्थिक वर्षको अन्त्यमा आएर हुने गरेको असारे विकासमा सम्पूर्ण लेखा पद्धती नै दोषी भएको उनको भनाई थियो ।

 उनले ठिक विवरण बुझाएर आउनेलाई चेक भुक्तानी समयमै दिनपनि निर्देशन पनि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप