शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सब्बा रानीले वर्ल्ड च्याम्पियनशीप अफ युनिफाइटमा जितिन् कास्य

आइतबार, ०२ मङ्सिर २०७५, १३ : १५
आइतबार, ०२ मङ्सिर २०७५

रसियामा सम्पन्न वर्ल्ड च्याम्पियनशीप अफ युनिफाइट (मार्शल आर्टस्) मा नेपालकी सब्बा रानी महर्जनले ५७ केजी तौल समूहतर्फ कास्य पदक जितेकी छिन् । 

नेपाल साम्बो फेडरेसनमार्फत रसियाको मेडिन सिटीमा तीन महिने तालिममा जाँदा महर्जनले कार्तिक २७ देखि २९ सम्म आयोजित उक्त प्रतियोगितामा भाग लिएकी थिइन् जसमा ३६ देशको सहभागीता थियो । 

वर्ल्ड युनिफाइट फेडेरेशनका  अध्यक्ष नोभिकोभ सर्गेई निकोलेइभिचले यो खेललाई नेपालमा पनि स्थापित गराउन चाहेको र नेपालका नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहेको बताए । 

नेपाल साम्बोका अध्यक्ष एवं युनिफाइट फेडेरेशन धनञ्जय श्रेष्ठको नेतृत्वमा महर्जन मस्कोमा तालिम लिइरहेकी छिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप