बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘छक्का पन्जा २’ मा पहिलो गाँसमै ढुंगा : स्पष्टिकरण दिँदा हैरान दीपक

सोमबार, ०९ साउन २०७४, १५ : ३०
सोमबार, ०९ साउन २०७४

काठमाडौं – गत वर्ष रेकर्ड तोड कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’को  सिक्वेलको रुपमा निर्माण भएको चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत ‘नसमाउ नाडीमा’ शुक्रबार सार्वजनिक भयो । गीत सार्वजनिक भएदेखि नै बिवादमा पनि मुछियो ।


गीतको संगीत संयोजन विवादको बिषय बन्यो । संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम राखेर सार्वजनिक भएको गीतका सर्जक अर्कै रहेको भन्दै सामाजिक संजालमा बिभिन्न प्रश्न समेत उठे । यसपछि चलचित्र युनिटले वास्तविक सर्जकको नाम स्वर्गीय कान्छा मगर नेपाली भनेर गीतमा समावेश गरे । 


तर पनि सामाजिक सञ्जालमा गीतको बिषयमा टिका टिप्पणीको कमी भएन । जसको जवाफ फर्काउदा फर्काउदा निर्माता दीपक राज गिरी हैरान भएका छन् । 


यस बिषयमा निर्माता दीपकले स्टास लेखेका छन्, ‘गीत चोरीको नभइ यसका वास्तविक सर्जकलाई गायक अल्मोडाले मेरो सामु नल्याएको तथ्य थाहा भयो । मैले जब थाहा पाएँ, तुरुन्त यो गीतको वास्तविक कम्पोजरको नाम क्रेडिट टाइलटमा राख्न लगाएँ । हामीलाई पनि अध्यारोमा राखिएको थाहा भयो ।’


दीपकको स्पस्टिकरण आउँदा पनि समाजिक संजालमा गीतको बिषयमा हुने टिप्पणीको केही कमी आएको छैन । गीतको विवाद मिलाउने बिषयमा अल्मोडा, चलचित्रको टिम र स्वर्गीय कान्छा मगरको परिवारबीच वार्ता चलिरहेको र मगरको परिवारले टिमसँग मोटो रकम डिमान्ड गरेको बुझिएको छ ।


गीतको शब्द प्रिन्स र दीपकराज गिरीको हो । शब्दको बिषयमा पनि सामाजिक संजालमा अनेक टिकाटिप्पणी भइरहेका छन् । गीतको कोरियोग्राफी, गीतमा कलाकारले लगाएका पहिरनको बिषयमा पनि आलोचन भएका छन् ।


बिवाद र आलोचना जे भएपनि गीतको भने चर्चा भएको छ । यहि विवाद र आलोचनले गीतको दर्शक पनि बढेको छ ।


‘छक्का पन्जा २’ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । 


११ असोजबाट प्रदर्शनमा आउने चलचित्रमा दीपकको अलवा प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे लगायतको अभिनय रहेको छ । अघिल्लो सिक्वेलमासँगै रहेका कलाकार निर्मल शर्मा ‘गैडा’, सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ अहिले यो युनिटसँग अलग्गिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप