बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी ३ सुपरस्टार, जो चाहन्थे ड्रिमगर्ल हेमा

आइतबार, ०२ मङ्सिर २०७५, १३ : २३
आइतबार, ०२ मङ्सिर २०७५

मुम्बई –बलिउडकी ड्रिमगर्ल अर्थात हेमा मालिनी सुन्दर अभिनेत्री मध्यकी एक हुन् । 

हेमाले बलिउडका कयौँ सुपरहिट फिल्ममा काम गरेकी छन् । उनी जति सुन्दर थिइन् । उनको अभिनय त्यो भन्दा पनि राम्रो थियो । उनको सुन्दरताको अगाडि बलिउडका कयौ हिरो पागल थिए ।
बलिउडका तीन अभिनेता समेत हेमाको दिवाना थिए । ती तीन नै अभिनेता हेमाको पछि लागेका थिए । तीन मध्ये एक अभिनेताले हेमाको चक्करमा पुरै जिन्दगी कुमार नै रहे । हेमाको पछि लागेका तीन अभिनेता जसको चर्चा अहिले गर्न खोजिएको छ ।

संजीव कुमार
ड्रिम गर्ल हेमासँग संजीव कुमार निकै प्रेम गर्थे । हेमा पनि उनलाई चाँहन्छिन् । यही समय धमेन्द्र हेमाको जिन्दगीमा आए । दुबैले बिबाहको फैसला गरे । 
 
जितेन्द्र 
अभिनेता जितेन्द्र पनि हेमाका लागि मरिहत्य गर्दथे । उनले हेमालाई बिबाहको प्रस्ताव पनि राखेका थिए । सो समय हेमा र धमेन्द्रको अफियर्स चलेको थियो । जितेन्द्रसँग हेमा बिबाहका लागि तयार पनि थिइन् । तर धमेन्द्रको एक फोनले उनले बिबाहको फैसला चेन्ज गरिन् । 
 
राजकुमार 
राजकुमार पनि हेमाको सुन्दरतामा दिवाना थिए । उनी हेमासँग बिबाह गर्न चाँहन्थे । तर हेमाले उनको बिबाहको प्रस्ताव अस्विकार गरेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप