बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल अस्पताललले पायो उत्कृष्ट करदाताको सम्मान

आइतबार, ०२ मङ्सिर २०७५, १३ : २८
आइतबार, ०२ मङ्सिर २०७५

काठमाण्डौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । 

सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे । कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो । 

उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि प्रतिक्रिया दिँदै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्कृष्ट मात्र नभएर राज्यलाई बढी कर तिर्न नोबेल सफल भएकोमा गर्ब लागेको बताए ।   

२०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप