शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिन्तुना र्‍याली निकालेर शंखधर दिवस मनाइयो

आइतबार, ०२ मङ्सिर २०७५, १३ : ४५
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ– नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आज राजधानीमा ‘शंखधर दिवस’ मनाइयो ।  वि.सं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नुभएपछि नेवार समुदायले आजका दिनलाई शंखधर दिवसका रुपमा मनाउँदै आएको छ । 

कामपा वडा नं १५ लखुतीर्थमा आज डा.चुन्दा बज्राचार्यको सभापतित्वमा एक सभाको आयोजना गरी साख्वाःको प्रतिमामा श्रद्धासुमन अर्पण गरिएको थियो । 

नव वर्ष नेपाल संवत् ११३९ प्रारम्भ भएको खुशियालीमा आज बिहान बसन्तपुर डबलीबाट निकालिएको बाजागाजासहितको एक विशाल र्याली शहरको भित्री भागको परिक्रमापछि सभास्थल पुगेको थियो । र्यालीमा काठमाडौँका विभिन्न टोलका साहित्यिक, साँस्कृतिक तथा सामाजिक सङ्घसंस्थाका साथै जनसाधारणको सहभागिता थियो । 

उपप्रधान रक्षा मन्त्री ईश्वर पोखरेलले साख्वाःको प्रतिमामा माल्र्यापण गरी बसन्तपुरबाट उक्त भिन्तुना र्यालीलीको शुभारम्भ गरेका थिए । 

सो अवसरमा उनले राष्ट्रको मौलिक संवत् नेपाल संवत्को जगमा टेकेर इतिहासका अन्य सम्पदाहरुको संरक्षणमा जुट्न आह्वान गरे । 

राष्ट्रको पहिचान बोकेको नेपाल संवत्लाई साँघुरो दायराबाट मुलुकका कुनाकाप्चासम्म फैलाउन आवश्यक रहेको पनि उनले औँल्याए । 


नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमाले समितिद्वारा तय गरिएका विविध कार्यक्रममा सक्रिय सहभागी भइदिन सर्वसाधारणमा आग्रह गरे । 


यसअघि उपप्रधानमन्त्री पोखरेलले मरु टोलस्थित पुनःनिर्माण गर्न लागिएको ऐतिहासिक काष्ठमण्डप स्थलको निरीक्षण गरे । उनलाई जनस्तरबाट गठित काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष प्रदेश सांसद राजेश शाक्यले पुनःनिर्माणका लागि भइरहेका कार्यबारे जानकारी दिए । 

सङ्घीय सांसदद्वय कृष्णगोपाल श्रेष्ठ तथा जीवनराम श्रेष्ठ र प्रदेश सांसद वसन्त मानन्धर पनि उक्त टोलीमा सम्मिलित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप