बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ज्योति विकास बैंक १० औं बर्षमा, मानव सेवा आश्रमलाई २ लाख ५० हजार  हस्तान्तरण

सोमबार, ०९ साउन २०७४, १५ : ३२
सोमबार, ०९ साउन २०७४

काठमाडौं–ज्योति विकास बैंकले आफ्नो स्थापनाको नवौं वर्ष पुरा गरी १० औं वर्षमा गरेको छ । २०६५ साल साउन ९ गते ज्योती बिकास बैंक स्थापना भएको हो ।
बैंकको पश्चिममा जाजरकोट र पूर्वमा खोटाङ सहित मुलुकभरिमा ३२ वटा शाखा सञ्जाल रहेका छन् । झिमरुक विकास बैंकसँग २०७३ साउन २८ गते मर्जरको एकिकृत कारोवार संचालन भए पश्चात प्युठान जिल्लामा मात्रै ५ वटा शाखा छन् । त्यस्तै पवित्र धार्मिकस्थल देवघाटमा र प्यूठान जिल्लाको स्वर्गद्वारी प्रवेश गर्ने फेंदी भिंगृमा समेत गरी १४ वटा ए टि एम सञ्चालनमा छन् । 
यो आवमा ८ वटा एटिएम थप गर्ने योजना बैंकको रहेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने कार्य अन्तिम अन्तिम चरणमा रहेकोले सो प्राप्ति पश्चात ५ वटा शाखा थप हुने बैंकले जनाएको छ । यसै आव भित्र ५० वटा शाखा पु¥याउने लक्ष्य सहित कार्य भैरहेको जनाइएको छ । 
विकास बैंकले आधुनिक प्रविधि अनुरुप इण्टरनेट बैंकिङ्ग सेवा, मोबाईल बैंकिङ सेवा, टेलिफोन तथा मोबाइलको बिलआदि भुक्तानी सेवा, एविविएस सेवा तथा एटिएम कार्ड मार्फत नेपाल तथा भारतमा बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएको यो बैंक हाल एसटीसी डेबिट कार्ड उपलब्ध गराइ आएकोमा सम्भवतः असोज महिनाबाट भीषा कार्डबाट कारोवार गर्न सकिने गरी कार्य भैरहेको जनाएको छ । 
बैंकले ग्राहकको भावना र आवश्यकतालाई ध्यानमा राखी बालकल्याण बचत, जेष्ठ नागरिक सम्मान बचत, नारी सम्मान बचत, दम्पत्ती बचत, कर्मचारी बचत तथा साधारण बचत जस्ता विभिन्न आकर्षक बचत कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ 
यसका अतिरिक्त रेमिटेन्स सेवा, विदेशी मुद्रा विनिमय सेवा, सेफ डेपोजिट लकर सेवा, एएसवीए सेवा जस्ता ग्राहकमूखी सेवा बैंकले संचालन गरेको छ । कर्जा सेवा अन्तर्गत लघु, साना तथा मझौला कर्जा, युवा व्यावसायिक कृषि कर्जा, सुविधा सहितको आवास कर्जा, जलविद्युत क्षेत्रमा स्थानीय रोजगारी तथा पर्यावरणको लागि लघु वित्त कर्जा, शेयर कर्जा, हायर पर्चेज कर्जा, व्यापारिक कर्जा, व्यक्तिगत कर्जा, प्रोफेशनल लोन जस्ता कर्जा सेवाहरु पनि संचालनमा रहेका छन् । 
त्यस्तै सरकार तथा नेपाल राष्ट्र बैंकको नीति अनुरुप लघुवित्त तथा कृषि लगानीलाई विस्तार गर्न सघाउ पुग्ने र खासगरी विश्वमा देखा परिरहेको जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उपाय स्वरुप सानै रुपमा भए पनि यस विकास बैंकका शाखाहरु रहेका जलविद्युत उत्पादन क्षेत्र र जलविद्युतमा लगानी गरेका नदीहरुको मुहान क्षेत्रहरुमा ज्योति लघुवित्त सेवा तथा कृषि लगानीलाई विस्तार गर्न लागिरहेको बैंकले जनाएको छ । 
विकास बैंकले २०७४ असार मसान्तमा सम्ममा करिब १ लाख निक्षेपकर्ता ग्राहकबाट १० अर्व ५१ करोड निक्षेप संकलन गरेको छ भने करिब ८ हजार ऋणीहरुलाई ९ अर्व १३ करोड कर्जा लगानी गरेको छ । त्यस्तै बैंकले ३९ करोड ३ लाख कुल मुनाफा आर्जन गरी खुद मुनाफा २४ करोड ८४ लाख आर्जन गर्न सफल भएको छ । असार मसान्तमा निस्क्रीय कर्जा १.०२ प्रतिशत भन्दा कम रहेको छ । चालु आवमा १५ अर्व निक्षेप तथा १४ अर्व कर्जा पु¥याउने लक्ष्य रहेको बैंकले जनाएको छ । 
वार्षिकोत्सवको उपलक्ष्यमा सदाझै यस वर्ष पनि बैंकको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सामाजिक योगदानमा पनि सम्लग्न हुँदै आएको जनाएको छ । महोत्तरीको बर्दिबास नजिकमा रहेको मुसहर बस्ती विकासका लागि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत निर्मित एकिकृत मुसहर बस्ति विकास कार्यका लागि उक्त फाउण्डेशन मार्फत आर्थिक सहयोग प्रदान गरेका बैंकले जनाएको छ । गरिब असहाय ब्यक्तिको हेरचाह, पालनपोषण, औषधोपचारका लागि कार्यरत संस्था मानव सेवा आश्रमलाई लुगाधुने मसिन खरिद गर्ने प्रयोजनका लागि आज २ लाख ५० हजार  सहयोग उपलब्ध गराएको छ । 
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धिको लागि गरेको निर्देशन अनुरुप झिमरुक विकास बैंकसंगको मर्जर पश्चात कायम चुक्ता पूँजीमा १ अनुपात १ का दरले हकप्रद शेयर जारी गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने सम्वन्धमा नियामक निकायबाट सैद्धान्तिक सहमति प्राप्त भइ प्राप्तिको कार्य अन्तिमचरणमा रहेको पनि बैंकले जनाएको छ । २०७४ असार मसान्तसम्मको वितरणयोग्य मुनाफालाई बोनस शेयर वितरण पश्चात तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्व ५० करोड पुग्ने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप