बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संसद : शिक्षा तथा स्वास्थ्य समितिले निर्माण गर्‍यो ३ वटा उपसमिति

आइतबार, ०२ मङ्सिर २०७५, १३ : ५२
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले तीनवटा उपसमिति गठन गरेको छ ।  समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि उपसमिति, स्वास्थ्य तथा जनसंख्या उपसमिति र युवा तथा खेलकुद उपसमिति गठन गरेको हो ।

शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन तीनवटा छुट्टाछुट्टै उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् । समितिले गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिमा उमेश श्रेष्ठ, एकवाल मियाँ, चित्रलेखा यादव, नविना लामा, नारायणप्रसाद मरासिनी, अन्जना विशंखे, योगेशकुमार भट्टराई र सुरेसकुमार राई रहनु भएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या उपसमितिमा मनकुमारी जिसी, उमाकान्त चौंधरी, खगराज अधिकारी, गगनकुमार थापा, भैरवबहादुर सिंह, रेखा कुमारी र सन्तकुमार थारु रहनु भएको छ । गजेन्द्रबहादुर महत, जीवनराम श्रेष्ठ, दुलारीदेवी खत्वेनी, नमिताकुमारी चौंधरी, तीलबहादुर महत, मानबहादुर विश्वकर्मा र हितबहादु तामाङ युवा तथा खेलकुद उपसमिति रहनु भएको पनि समितिकी सभापति घर्तीले बताइन् ।

बैठकमा समितिका सदस्यहरुले सरकारको कामलाई प्रभावकारी बनाउन कार्यसूचिनै तय गरेर उपसमितिलाई जिम्मेवारी दिनुपर्ने आवश्यक्ता औंल्याएका थिए । समितिका सदस्य गगनकुमार थापाले सरकारको कामलाई प्रभावकारी बनाउन उपसमितिलाई सक्रीय बनाउनुपर्नेमा जोड दिए ।

समितिका अर्का सदस्य खगराज अधिकारीले समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय खेलकुद परिषद, युवा परिषद, युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले शिक्षा र स्वास्थ्य सेवालाई सहज बनाउन पनि समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप