शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको मिस्टर युनिभर्सल एम्बेस्डरमा नेपाली सुसन

आइतबार, ०२ मङ्सिर २०७५, १४ : ०६
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं – पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर युनिभर्सल एम्बेस्डर २०१८’मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने उक्त प्रतियोगिताको उनी नेपालको एक्लो सहभागी हुन् । 

१८ देखि २४ नोभेम्बर सम्म ६ दिन चल्ने प्रतियोगितामा सहभागी हुन उनी आज (आइतबार) बिहान त्यसतर्फ उडेका छन् । प्रतियोगितामा ६ दिन नै विभिन्नि कार्यक्रम हुनेछ । २८ देशको सहभागिता रहने प्रतियोगितामा महर्जनले नेपाली कलासंस्कृतिले भरिएको विभिन्न पोसाक समेत प्रस्तुत गर्नेछन् । इण्डिया एक्युजिट पिजेन्ट आयोजक रहेको प्रतियोगिता ‘मिस्टर युनिभर्सल एम्बेसडर’लाई आईएमपी अर्गनाइजेसन, इण्डोनेशियाले प्रस्तुत गरेको हो । 

सुसन महर्जन ‘मिस्टर नेपाल वल्र्ड २०१८’मा ‘मिस्टर नेपाल युनिभर्सल एम्बेस्डर’ बिजेता हुन् । ‘मिस्टर युनिभर्सल एम्बेसडर’को उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको महर्जनले बताए । उनले थपे ‘ कलासंस्कृतिको माध्यमबाट नेपाललाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप