शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

आइतबार, ०२ मङ्सिर २०७५, १४ : १६
आइतबार, ०२ मङ्सिर २०७५

कलैया– बाराको कलैया उपमहानगरपालिका–२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । आज बिहान ५ बजे शौच गर्नका लागि निस्केकी ७० वर्षीया धुरपतीदेवी यादवको घटनास्थलमा मृत्यु भएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए । 

ना९२प ९०८६नंको मोटरसाइकलले धुरपतीलाई ठक्कर दिएको थियो । ठक्कर दिने कलैया उपमहानगरपालिका–२७ का २७ वर्षीय राजु मालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए । मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप