बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिलो पटक दनुवार सांस्कृतिक महोत्सव हुँदै

आइतबार, ०२ मङ्सिर २०७५, १६ : २१
आइतबार, ०२ मङ्सिर २०७५

सिन्धुली– जिल्लाको दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुनेभएको छ । मङ्सिर ३ गते नगरपालिका–६ हर्षाहीमा महोत्सवको आयोजना गरिने भएको हो । 

दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको समितिका जिल्ला अध्यक्ष विषमलाल अधिकारी दनुवारले जानकारी दिए । दनुवार समुदायको महानपर्व बड्की एकादशी (हरिबोधिनी एकादशी) को अवसर पारेर अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको उनले बताए । 

महोत्सवमा बड्की नाच, दनुवार संस्कृतिको घरलगायत दनुवार समुदायसँग सम्बन्धित अन्य नाच तथा भौतिक संरचना देखाइने छ ।  कार्यक्रममा देशभरिबाट स्थानीय, प्रदेश, सङ्घीय तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दनुवार समुदायका व्यक्तित्वलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको छ ।

नेपालमा सबैभन्दा बढी दनुवार समुदायको बसोबास रहेको सिन्धुली जिल्ला र त्यसमा पनि कमला खोँज क्षेत्र रहेकाले यस क्षेत्रमा निकट भविष्यमै दनुवार सङ्ग्रहालय बनाउने योजना रहेको पनि आयोजकले बताएको छ । 

महोत्वसमा दनुवार समुदायले दैनिकजसो प्रयोग गर्ने माछाको परिकार, घुँगी, बयिया रोटी लगायतका परिकार दनुवार संस्कृति अनुसार बनेका घरभित्र बसेर खाने व्यवस्था महोत्वसमा गरिने पनि आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप